लैंगिक हिंसा विरुद्ध अर्जुनधारामा प्रभात फेरी

0
696

अर्जुनधारा ।

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन मंगलबार समुदाय–प्रहरी साझेदारीसँगको सहकार्यमा अर्जुनधारा नगरपालिकाले प्रभात फेरी सम्पन्न गरेको छ ।

जनप्रतिनिधि, जनपद प्रहरी, ट्राफिक प्रहरी, नगरपालिकाभित्र रहेका संघ–संस्थाका प्रतिनिधि र विद्यार्थीहरुको सहभागितामा आयोजित ¥यालीले विभिन्न स्थानमा परिक्रमा गरेको थियो ।

सहभागीहरुले समतामुलक समाजको निर्माण गरौं लैंगिक हिंसा अन्त्य गरौं, घर शान्ति नै विश्व शान्तिको आधार, पुर्ननिर्माण, शिक्षा र समान व्यवहार, मानव तस्करीको अन्त्य गरौं, हामी सबैको अभियान सभ्य समाजको निर्माण, लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सफल पारौं भन्ने नारा उल्लेखित प्लेकार्ड बोकेका थिए ।

¥याली पश्चात् स्थानीय देवकोटा पार्क परिसरमा आयोजित कोणसभामा इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक मोहनकुमार थापा, मानव अधिकार समूह अर्जुनधाराका अध्यक्ष चन्द्र सुवेदीलगायतले लैंगिक हिंसा न्यूनिकरणका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा मानव अधिकार समूह अर्जुनधाराले अभियानको सन्दर्भमा १६ दिनसम्म विभिन्न व्यक्तिहरुले गरेको हस्ताक्षरसहितको ब्यानर नगरपालिकालाई बुझाएका थिए । नगर प्रमुख हरिकुमार रानाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्वागत मन्तव्य नगर उपप्रमुख कमला आचार्यले र कार्यक्रमको सञ्चालन कार्यपालिका सदस्य हरिमाया दाहालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here