द एभरेष्टको सेवाकेन्द्र बिर्तामोडमा

0
423

झापा।

झापाको दमकमा मुख्य कार्यालय रहेको द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोडमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने मुल नाराका साथ २०६८ सालबाट सञ्चालनमा आएको सहकारीले छोटो समयमा उल्लखनीय प्रगति गर्न सफल भएको अध्यक्ष दिपक खरेलले बताए ।

पाँच हजार आठ सय शेयर सदस्य रहेको सहकारीले आफ्नो सेवा विस्तार गर्ने क्रममा केर्खा, सुरुङ्गा हुदैं शुक्रबारबाट बिर्तामोडमा पनि सेवा केन्द्र सञ्चालनमा ल्याइएको उपाध्यक्ष रोशनकुमार गौतमले जानकारी दिए ।

बिर्तामोड सेवा केन्द्रको उद्घाटन गर्दै प्रमुख अतिथी समेत रहेका बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले द एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोडमा सेवा केन्द्र सञ्चालनमा ल्याएसंगै पूर्वका सदस्यहरुलाई सहकारी मार्फत कारोबार गर्नसहज भएको बताए ।

उनले सहकारीले आफ्ना शेयर सदस्यको हितमा काम गर्नु पर्ने भन्दै इमान्दर रुपमा काम गरे जुन सुकै स्थानमा सफल हुन सकिने उदाहरण द एभरेष्टले दिएको उल्लेख गरे । उनले सहकारीलाई सहकारी मर्म र सिद्धान्तमा अघि बढ्न सुझाव समेत दिएका छन् ।

पाँच करोड ६५ लाख ५३ हजार दुई सय १८ रुपैंया शेयर पुँजी रहेको संस्थाले ३९ करोड ८२ लाख ७१ हजार चार सय ८८ रुपैंया कर्जा लगानी गरेको छ भने निक्षेप ३३ करोड ६२ लाख ३४ हजार आठ सय ३२ रुपैंया रहेको संस्थाका व्यवस्थापक नवराज बास्तोलाले जानकारी दिए ।

संस्थाले वित्तिय कारोबार मात्रै नभएर विभिन्न सामाजिक कार्यहरु समेत गर्दै आएको जनाइएको छ । दमकलाई हरित नगर बनाउन वार्षिक उत्सवका अवसरमा वृक्षरोपण गर्नुका साथै अपाङ्ग बालबालिका तथा अनाथहरुलाई सहयोग गर्दै आएको संस्थाले जानकारी दिएको छ । बिर्तामोडमा सेवा केन्द्र सञ्चालनमा आएसंगै यस क्षेत्रमा समेत सामाजिक कार्यहरु अघि बढाउने अध्यक्ष खरेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here