सिद्धबाबालाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

0
465

सुनसरी ।

गत कात्तिक ४ गते आफ्नै अनुयायीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई शुक्रबार जिल्ला अदालत सुनसरीले प्रहरीलाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको छ ।

प्रहरीले १० दिनको म्याद मागेकोमा अदालतले तीन दिनमात्र दिएको सुनसरी प्रहरीले बताएको छ । यसअघि गिरीलाई चार दिन र सात दिनको अनुमति दिइएको थियो । अब प्रहरीले तीन दिनभित्र अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाउनेछ ।

अदालतले दिएको अनुमति अवधिभर गिरी उपचारको क्रममा अस्पतालमै बसेका छन् । बलात्कार गरेको भन्दै सुनसरी प्रहरीमा किटानी जाहेरी परेपछि प्रहरीले गिरीलाई मंसिर १६ गते पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here