विवाह वर्ष गाँठको अवसरमा विद्यार्थीलाई न्यानो कपडा

0
557

दुहागढी ।

झापा दुहागढी स्थित वाल सुवोधिनि आधारभुत विद्यालयका विपन्न विद्यार्थीहरुलाई आफ्नो विवाह वर्ष गाँठको अवसर पारेर एक दम्पतिले न्यानो कपडा प्रदान गरेका छन् ।

स्थानिय बालकृष्ण रिजाल र लिला रिजालले आफ्नो १४ औं बैबाहिक वर्ष गाँठको अवसर पारेर ६२ जना विद्यार्थीहरुलाई स्वेटर प्रदान गरेका हुन् ।

आफ्नो बिबाह वर्ष गाँठलाई सामाजिक सेवामा जोड्दै रिजाल दम्पतिले शुक्रवार विद्यालयमा आयोजित एक कार्यक्रमका विच विद्यार्थीहरुलाई स्वेटर हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा दाता रिजाल दम्पतिको उक्त मानविय कार्यको प्रशंसा गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बा र प्रधानाध्यापक विश्व थापाले धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here