कालो चोली

0
1017

कथाा

भुवन तामाङ,

कले भन्छ, ‘ए दिले, ए बले ! यो खोलाको काम कहिलेसम्म गर्ने हो ?’ उनीहरुमध्ये दुई जना त खाडीमुलुक गएर उल्टै पैसा डुबाएर फर्केका हुन् । भन्छन्– ‘उताको दुःख, ऋणपान तिर्न नपुग्ने कमाई अनि परिवारसँगको बिछोड व्यहोर्नुभन्दा त आप्mनै देशमा पसिना बगाउनु निको होइन र कले !’ हुक्के पनि हो मा हो मिलाउँदै भन्छ– ‘तर यताको दुःखमा केही कुराको ग्यारेन्टी त छ नि होइन र साथी हो ।’ खन्द्रे सोध्छ– ‘के कुराको ग्यारेन्टी छ हुक्के ?’ हुक्के भन्छ, ‘त्यो हो, काम, आम्दानी र घरपरिवारकै साथमा बस्न पाउनु । होइन त साथी हो ?’

यही कुरा पत्ता लगाएका उनीहरु आप्mनै गाउँ नजिकको खोलामा ढुङ्गा भेला पार्न र बालुवा चाल्न थालेका छन् । एक ट्याक्टर या टिपरलाई पुग्ने ढुङ्गा या बालुवा ठीक पारिसक्दा हाताहाती राम्रो रेटमा ठेकेदारहरुले किनेर लगिहाल्छन् । शिक्षा, पहुँच, अर्थ र अवसरबाट वञ्चित वर्गका लागि यो राम्रै काम हो । उनीहरुको आँखामा खोलै संसार । कले, दिले, बले, खन्द्रे र हुक्के खल्याङ्बल्याङ् गर्दै खोलामा पुग्छन् । उनीहरुको चुलोचौकाको साधन बनेको यो खोला महाभारत पर्वतको तल्लो भेगबाट बग्दै आउने गर्छ । उसले धेरै–धेरै ढुङ्गा, बालुवा, मलिलो माटो र माछाहरु बगाएर ल्याउने गर्छ । कहिलेकाहीँ त अचम्म लाग्दा चिजहरु पनि बगाएर ल्याउँछ र रमितै बनाउँछ ।

पाँच जनामध्ये कोही कोदालोले गेग्रान पन्छाउँछन्, कोही बालुवा जालीमा चाल्न थाल्छन् । कोही गैँतीले ढुङ्गा कोट्याउन थाल्छन् त कोही झम्पलले बालुवाको गहिराइबाट ढुङ्गा निकाल्छन् । कोही निकालिएका ढुङ्गा एकठाउँमा थुपार्छन् । टीम मिलेर काम गर्छन् । केहीबेर मच्चेर काम गरिसकेपछि बले भन्छ– ‘ए साथी हो यसो खैनी खाउँन ।’ दिले भन्छ– ‘ऊ आपूm चाहिँ खैनी ल्याउँदैन खालि मागेर खान जान्या छ ।’ पाँचैजना मजाले हाँस्छन् ।

फेरि अर्को खेप काम गरिसकेपछि उनीहरु पानी पिउन र थकाई मार्न पानी बगिरहेको ठाउँमा भेला हुन्छन् । एउटा भन्छ– ‘यो खोलाको पानी गाउँमा आउने धाराको पानीभन्दा मीठो छ हो कि ?’ उनीहरु ढुङ्गामा टुसुक्क बस्दै गफिन्छन् । एउटा उठेर उता फर्केर पिसाब फेर्न थाल्छ । एकले भन्छ– ‘होइन ए अलि पर गएर त पिसाब गर् । यै खोलाको पानी पिउनु छ, पानीमा पर्नेगरी पिसाब गर्नु त ?’ उनीहरु गलल हाँस्छन् । यत्तिकैमा खन्द्रे जुरुक्क उठ्छ । अर्को भन्छ– ‘यसको थकाई मरे जस्तो छ । जा ढुङ्गा थुपार्दै गर ।’ तर खन्द्रे पानीको भङ्गालोतिर दगुर्छ । एक सोध्छ– ‘के देखिस ए खन्द्रे पानीमा माछा हो ?’ जवाफमा खन्दे्र भन्छ– ‘के को माछा हुनु ।’ अर्को सोध्छ– ‘किन मुन्टिस् त ?’ खन्द्रे भन्छ– ‘कालो चोली रछ के ।’ कोही सोध्छ– ‘के गर्नु त त्यो झुम्रो ? कोही मोरीले पुरानो भएपछि खोलामा फालि होली ।’

तर, चोली भन्ने बित्तिकै केटाहरुको मनमा तरङ्ग सञ्चार भइ सकेको छ । उनीहरु हानिदै त्यहाँ पुग्छन् र सोध्छन्– ‘खोइत खन्द्रे चोली ?’ खन्द्रे चोली देखाउँदै भन्छ– ‘उ देखिनस् बगेर जाँदैछ त ।’ बले भन्छ– ‘अनि टिप्नु पर्दैैन त ?’ खन्द्रे भन्छ– ‘तोइ टिप्न मुला ।’ हुक्के, ‘आहा कति राम्रो कालो चोली’ भन्दै कुदेर गएर सङ्गलो पानीबाट टिपेर ल्याउँछ । चोलीको दर्शन गर्दै एकछिन् सबैजना गलल हाँस्छन् । हुक्के चोली समाएको समायै हुन्छ । खोलाको पानीले भिजेको अनि घाममा टलक्क टल्किरहेको त्यो कालो चोलीलाई सबैले पालै पालो स्पर्श गर्छन् । उनीहरुमा नौलो अनुभूति छाउँछ मानौ हल्का करेन्ट लागेको होस् ।

हुक्के भन्छ– ‘कसलाई चाहिन्छ यो चोली ? समाति हाल् ।’ केटाहरु ‘म लान्छु’ भन्दै खोसाखोस गर्न थाल्छन् । हुक्के कड्किँदै, ‘च्यातिन्छ ।’ केटाहरु सम्हालिन्छन् । दिले भन्छ– ‘होइन चोली त नयाँ नै छ हो की ?’ बले भन्छ– ‘कस्ले फाली होली ?’ कले भन्छ– ‘खोलामा लुगा धुँदा बग्यो होला ।’ हुक्के भन्छ– ‘तर कस्को होला ?’ एक भन्छ– ‘हाम्रै बुढीहरु कसैको हो कि ?’ अर्को भन्छ– ‘आप्mनो बुढीको चोली पनि नचिन्नु ?’ बले भन्छ– ‘चाहे जे होस्, छ न चैँ यो कालो चोली बिछट्टै राम्रो छ होइन त ?’ अर्को भन्छ– ‘हेर् त केटा हो, यो चोली टाँक पछाडि लाउने खालको र’छ ।’ अर्को भन्छ– ‘अँ यो त निकै राम्रो टेलरमा सिएको हुनुपर्छ ।’ अर्को भन्छ– ‘हन हौ यो केटाहरु के–के भन्छ भन्छ मुख्ये कुरा चाहिँ हेर्न मुला हो ।’ अर्को भन्छ– ‘के हो मुख्ये कुरा तोँइ भन्दे न त ।’ ‘थुइक्क त्यतिपनि थाहा भएन ।’ ‘अनि ।’ ‘हो त ।’

‘चोलीको अगाडिको भाग चाहिँ हेर्न ।’ दिले भन्छ, ‘आ हा हा कस्तो सेक्सी चोली हो कि ?’ केटाहरु मरिमरि हाँस्छन् ।
खन्द्रे चोली दुईहातले समाएर उचाल्छ । अरु चारजना निःशब्द हुन्छन् । मानौं त्यहाँ कुनै सुन्दरी उनीहरुको अगाडि सर्लक्क उभिएकी छे कालो चोली लगाएर । उच्च र सुन्दर बक्षस्थल देखेर केटाहरु मन्त्रमुग्ध हुन्छन् । उनीहरु के–के कल्पनामा डुब्छन् । खन्द्रे चिच्याउँछ, ‘ओए केटाहरु के भो तिमेरलाई ?’ केटाहरु झसङ्ग हुन्छन् । खन्द्रे सोध्छ– ‘तिमेरलाई रुघा लागेको छ ? के तिमीहरुको नाक बन्द भको छ ?’ केटाहरु भन्छन्– ‘छैन त ।’ खन्द्रे भन्छ– ‘अनि यो चोलीबाट कस्तो मिठो बासना आइराछ तिमेरको नाकले सुँघेन ।’ केटाहरु पालैपालो कालो चोली सुँघ्छन् । कोही भन्छ– ‘खोइ मैले त केही पनि बासना थाहा पाइन्छ ।’ अर्को भन्छ– ‘अँ कता–कता बजारे सेन्ट हो की जस्तो लाग्यो ।’ अर्को भन्छ– ‘ढुँडी–ढुँडी गन्हायो क्या ।’ केटाहरु उफ्रिपाफ्री गर्दै हाँस्छन् । बले भन्छ– ‘चोलीबाट जे–जे बासना आयो यस्तै बासना आउने गाउँमा को छे उसैको हुुनुपर्छ यो चोली ।’ केटाहरु फेरि हाँस्छन् ।

खन्द्रे भन्छ– ‘अब हेर् केटा हो यही चोली हेरेर बस्यौँ र रित्तै खल्ती लिएर घर गयौँ भने बुढीले चिसो अगुल्टोले हान्छे । त्यसैले यो चोली खोलामा बगाइदिउँ र काममा लागौँ ।’ एक भन्छ– ‘होइन–होइन यसलाई एउटा किलामा उनेर काम गर्ने ठाउँमा अड्याउँ । दिनभरि हेर्न पनि हुन्छ र साँझमा जसलाई लान मन लाग्छ लगे हुन्छ ।’ उनीहरुबीच यस्तै सहमति हुन्छ । तर, बेलुकी चोली घरलाने एकभन्दा धेरै निस्कन्छन् । उनीहरुबीच झगडा पर्ला जस्तो हुन्छ । त्यसैले त्यो कालो चोली किलोमा उनेर त्यहीँ छाड्ने सहमति हुन्छ ।

भोलिपल्ट बिहान उनीहरुलाई चाँडै निद्राले छोड्छ किनकि सपनामा पनि त्यै कालो चोली देख्छन् । उनीहरु एक–एक गर्दै चाँडै खोलामा पुग्छन् । तर, त्यो कालो चोली गायब भइसकेको हुन्छ । ‘कस्ले लग्यो होला त चोली ?’ उनीहरुलाई लाग्नुसम्म विस्मात लाग्छ । निकैबेर उनीहरु एकअर्कालाई दोष लगाउँदै झगडा गरिरहन्छन्, तर हराइ त गयो चोली । अन्ततः उनीहरु चुपचाप काममा गर्न थाल्छन्, त्यो मादकता भरिएको कालो चोली लगाउने आ–आप्mनै कल्पनाकी सुन्दरीसँग के–के गरेको मनभरि कल्पना साँच्दै ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here