बम विस्फोट गर्ने अपराधीलाई कडा कारबाही गर्ने गृहमन्त्रीको चेतावनी

0
1021

काठमाडौं,

गृहमन्त्री रामबहादुर थापा बादलले धनुषा बम विस्फोटमा संलग्नहरुलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै गृहमन्त्री थापाले मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना दिएका छन् ।

‘धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा गएराती भएको विष्फोटमा परि नेपाल प्रहरीका, प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय राजेश्वर साह, आनन्द साहको मृत्यु तथा तीन जना स्थानीय घाइते भएको घटनाले स्तब्ध बनाएको छ । मृतकहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु ।

साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’, गृहमन्त्रीले लेखेका छन्, ‘यसप्रकारको आततायी घटनामा संलग्न अपराधीलाई कानुनी कारबाहीको दायरामा ल्याईछाड्ने सरकारको तर्फबाट प्रतिबद्धता व्यक्त गर्दछु ।’

शुक्रबार राती धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा आपराधिक समूहको प्रयोग गरी गराइएको विस्फोटमा शुक्रबार राती बिस्फोट गराई प्रहरी निरीक्षक अमिर कुमार दाहालसहित, स्थानीय राजेश्वर साह र आनन्द शाहको साहको मृत्यु भएको छ । विस्फोटमा परी तीनजना घाईते भएका छन् । प्रहरी निरीक्षक दाहालको शव काठमाडौं ल्याउने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here