युवा रेडक्रसमा सारिका

0
1027

सुरुङ्गा ।

युनिक बहुमुखी क्याम्पस सुरुङ्गामा सारिका गिरीको अध्यक्षतामा युवा रेडक्रस गठन गरिएको छ ।

गिरी यस अघि बाल सञ्जाल कनकाई नगर अध्यक्षको रुपमा कार्यरत थिइन् । मानव सेवामा आकर्षित गरी नेतृत्व विकास गर्न युवाहरुलाई समेटी क्याम्पसस्तरीय समिति गठन गरिएको हो । कार्यक्रम युनिक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दीपक भट्टराईको अध्यक्षतामा भएको थियो । समितिको उपाध्यक्षमा जानम भण्डारी, सचिवमा सुजन ढकाल, सहसचिवमा सुष्मिता नेपाल र कोषाध्यक्षमा रोहिश ओली रहेका छन् ।

त्यसै गरी, सदस्यहरुमा अम्बिका अधिकारी, शिवप्रसाद मिश्र, रोशन गौतम, झर्ना काफ्ले, आरती शाह, जिया महासेठ, सीता ऋषिदेव र नसितुल्ला चयन भएका छन् । समितिको शिक्षक नायकमा सहायक प्राध्यापक धन्दिराज नेपाल रहेका छन् ।

युनिक बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष त्रिलोचन उप्रेती, कनकाई सुरुङ्गा प्रेस क्लबका संस्थापक अध्यक्ष तीर्थराज खरेल, प्यारागन एकाडेमी सुरुङ्गाका प्रिन्सिपल डी.आर. सुवेदी लगायतको आतिथ्य रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा सुरुङ्गाका सभापति प्रवीण तिम्सिनाले रेडक्रसको स्थापना, उद्देश्य, सिद्धान्त र विश्व तथा नेपालमा रेडक्रसका गतिविधि सम्बन्धमा प्रशिक्षण प्रदान गरेका थिए ।

कार्यक्रमको सञ्चालन नेरेसो उपशाखा सुरुङ्गाका उपकोषाध्यक्ष दीपक भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here