विद्युत्को नयाँ फिडर थपियो

0
421

चितवन,

भरतपुर महानगरपालिकाको नारायणगढदेखि मङ्गलपुरसम्मको क्षेत्रमा विद्युत्को गुणस्तर विकास गर्न नयाँ फिडर थप गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले कल्याणपुरमा फिडर थप गरेको हो । वितरण केन्द्रका प्रमुख सुरेश महतोका अनुसार सो क्षेत्रमा भार नधान्ने र भोल्टेज नपुग्ने समस्या भए पछि बसेनीमा रहेको सवस्टेशनबाट एक हजार भोल्टको तार तानेर कल्याणपुरमा फिडर स्थापना गरिएको हो ।

सो फिडरबाट दुई हजारभन्दा बढी ग्राहक लाभान्वित भएको उहाँले जानकारी दिनुभयो । भरतपुर वितरण केन्द्रको यो नवौँ फिडर हो । सो फिडरबाट नारायणगढ, मङ्गलपुर, कल्याणपुर, तोरीखेतलगायतका क्षेत्रका ग्राहक लाभान्वित भएका छन् ।

करिब रु ६० लाखको लागतमा फिडर सञ्चालनमा ल्याइएको हो । भरतपुर वितरण केन्द्रका ५६ हजार ग्राहक रहेका छन् । जाडो मौसममा दैनिक ३० एमभी ए विद्युत् खपत हुने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here