उदयपुरमा लागुऔषधसहित दुईजना पक्राउ

0
509

उदयपुर

पूर्वमा लागुऔषध कारोबारीलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ । यसैक्रममा उदयपुरको विभिन्न स्थानबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

त्रियुगा नगरपालिका–६ लालपत्ता प्रहरी चौकीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको स १ ज ५०३ नम्बरको विङगर चेकजाँच गर्दा १३० पिस नाइट्रोभेट ट्याब्लेट लागुऔषधसहित विप्लव तामाङलाई नियन्त्रण लिएको छ।

तामाङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखेर अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए। त्यस्तै बेलका नगरपालिका दिवाजोरमा मैनामैनी तर्फबाट आइरहेको को १२ प ७१०३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ४०० ग्राम गाँजासहित भोजपुरका २२ वर्षीय जयप्रकाश राईलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलकाका प्रहरी नायक निरीक्षक हरि खड्काले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here