धनमायाद्धारा जीवन बचाईदिन आग्रह

0
1111

झापा,

इलामको रोङ गाँउपालिका–१ की ३६ वर्षीया धनमाया अधिकारीले आफ्नो जीवन बचाई दिन आग्रह गरेकी छन् ।

तीन वर्षदेखि दुवै मृगौला खराब भएपछि उपचाररत् अवस्थामा रहेकी अधिकारीको मृगौला प्रत्यारोपण गर्नका लागि आर्थिक अभाव भएपछि जीवन बचाई दिन आग्रह गरेकी हुन् ।

मृगौला प्रत्यारोपण गर्नका लागि १२ लाख रुपैंया बढी खर्च लाग्ने र उक्त रकम आफूहरुसंग नभएपछि बिरामी श्रीमतीलाई घरमा नै ल्याएर राख्नु परेको श्रीमान टंकप्रसाद अधिकारीले बताए । उनले भने–श्रीमतीको उपचार गर्दा हालसम्म १५ लाखबढी खर्च भइसक्यो,घरजग्गा सबै बैंकमा राखेको छु ।

खर्च अभाव भएपछि बिरामी श्रीमतीलाई घरमा ल्याउनुको विकल्प नभएको भन्दै उनले आफ्नी श्रीमतीलाई आर्थिक सहयोग गरेर जीवन रक्षा गरिदिन सबैसंग आग्रह गरेका छन् । प्रत्यारोपणका लागि मृगौला दिन तयार रहेपनि आर्थिक अभावका कारण प्रत्यारोण गर्नुअघि लाग्ने खर्च जुटाउन नै समस्या भएको उनको भनाई छ ।

आफू समेत मुटु र फोक्सोको रोगका कारण समस्यामा परिरहेका बेला श्रीमतीको दुवै मृगौला खराब भएपछि परिवारमा बज्रपात परेको टंकप्रसादले बताए । उनले आफूले अहिले मानसिक समस्याभएपछि दैनिक रुपमा डिप्रेसन विरुद्धको औषधी खाइरहेको जानकारी दिए ।

दुई छोरा सानै रहेको र आर्थिक अवस्था पनि अत्यन्त कमजोर रहेका बेला परिवरमा रोगले गाँजेपछि आफू साह्रै समस्यामा परेको उनको भनाई । उनले सहयोग गर्न चहाने ब्यक्तिलाई राष्ट्रिय वाणिज्य बैंकमा रहेको २१०००१३४१८१० नम्बरको खातामा रकम जम्मा गरिदिन आग्रह गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here