मेचीनगरमा २ लाख १६ हजार ६ सय ६५ घन मिटर नदीजन्य पदार्थ संकलन तथा विक्री हुने

0
997

लक्ष्मी उप्रेती / मेचीनगर,

चालु आर्थिक वर्ष २०७६÷०७७ मा मेचीनगरक्षेत्रभित्रका खोलाबाट २ लाख १६ हजार ६ सय ६५ घन मिटर नदीजन्य पदार्थ संकलन तथा विक्री हुने भएको छ ।

सो बारेमा नगरपालिकाले प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति झापाका प्रतिनिधि,नगरका राजनीतिक दल, सुरक्षाकर्मी, नगरका जनप्रतिनिधि तथा ठेक्कदाहरुसँग छलफल गरेको थियो । नगरप्रमुख विमल आचार्यले छलफलको सभापतित्व कार्यालयले पारदर्शीरुपमा बोलपत्र इ विडिडङ मार्फत आव्हान गरेको जानकारी गराए ।

नगरपालिकाले मेचीनगरक्षेत्रभित्रका मेची, टिमाई, हडिया निन्दा प्याकेज १ र २ नदीहरुको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण अद्यावधिक प्रतिवेदन अनुसार नदीजन्य पदार्थ संकलन तथा विक्री व्यवस्था सम्बन्धि ठेक्का बन्दोबस्तको कबुलियतनामासहितको सम्झौता पत्रका बारेमा समेत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले जानकारी गराएका थिए ।

मेचीनगरक्षेत्रभित्रका मेची, टिमाई, हडिया निन्दा प्याकेज १ र २ नदीहरुको स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण अद्यावधिक प्रतिवेदनका अनुसारका स्थानमा प्रतिवेदनमा तोकिएको परिमाणभन्दा बढी नहुने गरी नदीजन्य पदार्थ संकलन तथा विक्री व्यवस्था गर्न ठेक्का बन्दोबस्तका लागि मेचीनगर नगर कार्यपालिकाको कार्यालयबाट आव्हान भएको सार्वजनिक बोलपत्र इ विडिडङ मार्फतबाट अधिकतम मुल्य अभिवृद्घि कर र अग्रिम आयकर बाहेक ४ करोड ३३ लाख ३३ हजार रुपैयाँ ठेक्का अंक रहेको र मंसिर २० गतेदेखि ठेक्का अवधि प्रारम्भ भएर २०७७ जेठ १५ वा तोकिएको परिमाण उत्खनन सम्म जुन पहिला हुन्छ सो समयसम्म मात्र ठेक्का समाप्त हुनेमा दुईपक्षबीच सम्झौता भएको जानकारी गराईयो ।

मेचीनगर नगरपालिका र श्री विनिता ट्रेड एण्ड सप्लायर्स प्रालि भीमबहादुर पौडेल बीच आर्थिक वर्ष २०७६÷०७७ मा मेची नगरपालिकाभित्रका नदीहरुमा नदीजन्य पदार्थ संकलन तथा विक्रीको ठेक्का व्यवस्थाको कबुलियतनामासहितको सम्झौता पत्र खण्ड क देखि ज सम्म रहेको र १ देखि ८ पेज रहेको उनले जानकारी गराए ।

मेची नदीकोलागि मेचीनगर वडानम्बर १ को तिरिङ्गे दोभानदेखि ३०० मिटर दक्षिण,४ को बाहुनडाँगी, वडानम्बर ६ को कालीमन्दिर र वर्मेली टोल, वडानम्बर ७ को सतिघट्टागरी चारवटाक्षेत्रबाट ५९ हजार घन मिटर नदीजन्य पदार्थ संकलन तथा विक्री व्यवस्था मिलाइएको छ । यसैगरी, हडिया खोलाको मेचीनगर १४ र १५ को मेघ सिमेण्ट पश्चिम, झोलुगेंपुल उत्तर, मंगली मेचीनगर ११ गरी तीन ठाउाँबाट ४ हजार ६ सय ५० घन मिटरको व्इवस्था मिलाईएको छ । निन्दा खोला प्याकेज १ बाट ३ तथा प्याकेज २ बाट ७ र टिमाई खोलाबाट १ स्थानाबट व्यवस्था मिलाईएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गले जानकारी गराए ।

तोकिएको समय तालिका अनुसार ठेकदारपक्षबाट नगरपालिकाको विभाजय कोषमा दाखिला भएको रकमको ४० प्रतिशतले हुन आउने रकम दाखिला भएको एक हप्ताभित्र १ नम्बर प्रदेश सरकारले तोकिएको कोषमा दाखिला गर्ने तथा बाकी ६० प्रतिशत रकम मेचीनगर नगरपालिकाको सञ्चित कोष खातामा दाखिला गर्नुपर्ने पहिलो पक्ष वा नगरपालिकाको काम कर्तव्य र दायित्वमा रहेको उनले बताए ।

टिमाई नदीको हकमा बुद्घशान्ति गाउँपालिकासँग संयुक्त स्वामितव भएको ह’शदाँ टिमाई नदीमा उत्खनन हुने २० हजार घन मिटर को प्रति घन मिटर २ सय रुपैयाँका दरले हुन आउने ४० लाख रुपैयाँ को विगत वर्ष झै ४८ प्रतितशले हुन आउने रकम १९ लाख २० हजार रुपैयाँ उक्त गाउँपालिकालाई विभाजय कोषबाटै निकासा दिएर अन्य रकम नगरपालिका नगरकार्यपालिकाको नाममा रहेको सञ्चित कोष खातामा दाखिला गर्नुपर्ने उनले बताए ।

जिल्ला समन्वय समिति झापाबाट स्वीकृत प्रारम्भिक वाताव।णीय परीक्षणको अद्यवधिक प्रतिवेदन अनुसार सम्झौता पत्रको खण्ड क को बुदाँ नम्बर ६ मा उल्लेखित खोला तथा नदीहरुमा तोकिएको स्थान र परिमाणलगायतका शर्तहरुमा कति पनि फरक नपर्ने गरी ठेकदारले नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्नुपर्ने छ । स्वीकृत प्रारम्भिक वातावरणिय परीक्षण अद्यावधिक प्रतिवेदनको खण्ड क को बुँदा नम्बर ६ मा उल्लेखित दखोला तथा नदीहरुमा तोकिएको स्थान र परिमाणको सुनिश्चितता र सर्वसाधारणको जानकारीका लागि जिल्ला समन्वय समिति झापाबाट स्वीकृत जिल्ला स्तरीय नदी तथा खानीजनइ पदार्थको व्यवस्थापन तथा अनुगमन कार्यविधि, २०७५ को दफा ७ को ७ दशमलव १ अनुसार सोहि कार्यविधिको अनुची १ अनुसार उत्खनन स्थलमा स्थायी प्रकृतिको होडिङ्ग वोर्ड उत्खनन हुने लम्बाई, चौडाई र गहिराईको मिटर एकाईमा उल्लेख गर्नुपर्नेलगायत सम्झौतामा उल्लेख छ ।

प्रदेश सभा सदस्यहरु गोपालचन्द्र बुढाथोकी, राधा थापा, उपप्रमुख मनिा पोखरेल उप्रेती, जिल्ला समन्वय समिति झापाका प्रतिनिधि सुदर्शन वराल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेड क्वाटर राजस्व भता भन्सार गस्ती काँकरभिट्टाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक ज्ञानमणि पौडेल, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र धुलावारीका प्रहरी निरीक्षक भुवनबाब’श खड्का र कैलास चौधरी, सशस्त्र प्रहरी बल नेपाल बाहुनडाँगी विओपीका सशसत्र प्रहरी निरक्षक हरिकृष्ण गिरी, नेकपाका मेचीनगर इञ्चार्ज देवकुमार राई, वडाध्यक्षहरु १ का पासाङ्ग तामाङ ४ का नवीन वराल, ६ का ललितबहादुर तामाङ, १४ का शंकरप्रसाद पोखरेल, ११ का सन्तोष मेचेलगायतले दुवैपक्षले सम्झौता इमान्दारिपुर्वक कार्यान्वयन गर्ने कुरामा विश्वास व्यक्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here