एकीकृत अखिल नेपाल शिक्षक संगठन झापाको प्रथम जिल्ला परिषद् सम्पन्न

0
1542

अर्जुनधारा ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन झापाको प्रथम जिल्ला परिषद् आइतबार बिर्तामोडमा सम्पन्न भएको छ ।

संगठनका अध्यक्ष कपिलदेव तिम्सिनाको अध्यक्षता र केन्द्रीय अध्यक्ष शंकर अधिकारीको प्रमुख आतिथ्यमा आयोजित परिषद्ले अध्यक्ष तिम्सिनाको अध्यक्षतामा १११ सदस्यीय जिल्ला परिषद् गठन गरेको बताइएको छ ।

सोही कार्यक्रमको अवसरमा संगठनका पूर्व अध्यक्षहरु शेखर पोखरेल, धर्म बुढाथोकी, सीताराम अधिकारी र शिवकुमार राजभण्डारीलाई सम्मान पत्रद्धारा सम्मानित गरिएको थियो । त्यसैगरी कार्यक्रममा विभिन्न संघ–संगठन परित्याग गरि सो संगठनमा प्रवेश गरेका १० जना नव प्रवेशीलाई अविर र खदा लगाई स्वागत गरिएको थियो ।

भेलामा प्रदेश १का सांसद् झलकसिंह दर्लामी, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश १ कमिटीका सदस्य राजु आचार्य “अग्नि”, संगठनका पूर्व केन्द्रीय उपाध्यक्ष दीनानाथ तिम्सिनालगायतको आतिथ्यता रहेको थियो ।

संगठनका वरिष्ठ उपाध्यक्ष शारदा प्रसाईंले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव जीवन भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here