मुस्लीले हानेर साथीको हत्या गरेको आरोपमा सशस्त्रका जवानसहित तीन पक्राउ

0
430

खोटाङ,

आपासी विवादका क्रममा काठको मुस्लीले हानेर साथीको हत्या गरि फरार तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

हलेसी तुवाचुङ नगरपालिका-९ सल्ले गैरीगुठका २७ वर्षीय रमेश राईको बिहीबार राति हत्या गर्ने अभियुक्तलाई शनिबार दिउँसो ओखलढुंगाको हर्कपुरबाट पक्राउ गरि सार्वजनिक गरिएको हो।

हत्या अभियोगमा हलेसी तुवाचुङ नगरपालिका-९ सल्लेका २७ वर्षीय भविन राई, २१ वर्षीय अशोक राई र २५ वर्षीय बलराज राईलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय खोटाङले आइतबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको हो। मुस्ली प्रहारबाट घाइते भएका रमेशको हलेसीकै एक क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको थियो।

अभियुक्तलाई म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए। भूकम्प पुनर्निर्माणको घर निर्माणसम्बन्धी काम गरेर फर्कदै गरेका रमेशसँग बाटोमा भेट भएपछि सामान्य विवादपछि उनीहरूले कुटपिट गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न भविन राई सशस्त्र प्रहरी जवान हुन्।- थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here