स्वास्थ्यचौकी बनेपछि गोल्टाकुरीमा खुशी

0
396

तुलसीपुर, 

दाङको दङ्गीशरण गाउँपालिका–२ गोल्टाकुरी स्वास्थ्यचौकीको नयाँ भवन निर्माण सम्पन्नभएको छ ।

नयाँ स्वास्थ्य भवनले सहज स्वास्थ्य सेवा पाउने भन्दै स्थानीय औधि खुशी भएका छन् । साथै उक्त भवनबाट प्रयोगशाला सेवासमेत प्रदान गरिने चौकीले जनाएको छ ।

दुई तले उक्त भवनको भुइँतलामा आठ र पहिलो तलामा छ वटा कोठा रहेका छन् । डिभिजन कार्यालयका इञ्जिनीयर महेशबहादुर सिंहका अनुसार रु एक करोड ७७ लाखमा निर्माण पूरा भएको हो ।

गाउँपालिका अध्यक्ष भागीराम चौधरीले भवनको उद्घाटन गर्दै घर आगनमा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न प्राथमिकता दिएको वताउनुभयो । यस अघि जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रदान गरिँदै आइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here