प्यावसन भद्रपुरको वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

0
1253

भद्रपुर ।

नीजि तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन) भद्रपुर नगर समितिको विद्यालयस्तरीय दुई दिने वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

भद्रपुर ३ सोमबारे चोकस्थित शिखर शिशु सदन इङलिस बोडिङ स्कुल परिसरमा आयोजित वृहत सांस्कृतिक कार्यक्रममा प्यावसनमा आवद्ध नगरभित्रका २३ वटा विद्यालयले सहभागिता जनाएको थियो । प्यावसनले आफ्नो बार्षिक कार्य तालिका अनुसार गरिएको सांस्कृतिक कार्यक्रममा जुनियर एकल गायन, सिनियर गायन, राष्ट्रियता झल्किने सामूहिक नृत्य, मोर्डन सामूहिक नृत्य, सांस्कृतिक सामूहिक नृत्य विद्यालयका विद्यार्थीहरुले प्रस्तुत गरेका थिए ।

प्यावसन नगर अध्यक्ष डिल्ली दुलालको अध्यक्षता तथा भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा प्यावसनमा आवद्ध विद्यालयबाट नगर क्षेत्रमा २०७५ सालको एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने प्रज्ञा एकाडेमीका मुरारी कोइराला र लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान पुर्याएको भन्दै सिद्धार्थ शिशु सदनका संस्थापक प्रिन्सिपल श्याम देवानलाई दोसल्ला ओढाएर प्रशंसापत्रले सम्मान गरेका थिए । उनीहरुलाई नगर उपप्रमुख श्रेष्ठ र जिजसका सदस्य पदम सुब्बाले सम्मान हुन ।

सांस्कृतिक कार्यक्रमको पहिलो दिन जुनियर विद्यार्थीले एकल गायन र सामूहिक नृत्य प्रस्तुत गरेका थिए । जुनियर गायनतर्फ प्रथम ग्यालेक्सी इङलिस स्कुल, द्धितीय आदर्श इङलिस स्कुल र तृतीय प्रगति एकाडेमी भएका छन् । त्यस्तै राष्ट्रियता झल्किने सामूहिक नृत्यतर्फ प्रथम विभुती विद्या मन्दिर, द्धितीय सिद्धार्थ शिशु सदन र तृतीय हिमालय इङलिस स्कुल भएका छन् । मोर्डन सामूहिक नृत्यतर्फ प्रथम प्रज्ञा एकाडेमी, द्धितीय नेशनल मेरिगोल्ड र तृतीय होलिल्याड इङलिस स्कुल भएका छन् ।

कार्यक्रममा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरुलाई ट्रफिले पुरस्कृत गरिने प्यावसनका नगर सचिव पुकारचन्द्र राजवंशीले जानकारी दिए । त्यस्तै दोस्रो दिन जुनियर गायनतर्फ प्रज्ञा एकाडेमी प्रथम, होलिल्याण्ड इङलिस स्कुल द्धितीय र आदर्श नमुना इङलिस स्कुल तृतीय भएका छन् ।

सांस्कृतिक सामूहिक नृत्यतर्फ सिद्धार्थ शिशु सदन प्रथम, प्रज्ञा एकाडेमी द्धितीय र होलिल्याण्ड इङलिस स्कुल तृतीय भएका छन् । नगर शिक्षा शाखा प्रमुख उद्धव थापाको प्रमुख आतिथ्यमा कार्यक्रमको समापन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here