शिवसताक्षी नगरमा बजार अनुगमन

0
895

झिलझिले ।

बजारमा म्याद नाघेका र लेबल नभएका सामानको खरिद बिक्री नियन्त्रण गरि नगरका उपभोक्ताको स्वाथ्य सम्वन्धिको अधिकार रक्षा गर्न शिवसताक्षी नगरले बजार अनुगमनलाई तिव्रता दिएको छ ।

शिवसताक्षी नगरको वडा नम्वर २ स्थीत मंगलवारे बजार र वडा नम्बर ३ को पारावारी बजारमा आईतवार र सोमबार नगरको उपभोक्ता संरक्षण हित समिति र बजार अनुगमनको संयुक्त टोलीले आकस्मीक अनुगमन गरेको हो । उपभोक्ता हित संरक्षण समितिकी संयोजक नगरकी उप प्रमुख भोजकुमारी नेपालको नेतृत्वमा गएको बजार अनुगमन टोलीले बजारमा लेवल नलगाइएका र म्याद गुर्जीका पदार्थ नष्ट गरेको थियो ।

मंगलवारे बजारमा प्रहरी सहितको टोलीले म्याद गुर्जीएको पेय पदार्थ नष्ट गर्यो । बजार अनुगमनका क्रममा नगरमा दर्ता नगरी संचालनमा आएका व्यापारी फर्मलाई तत्कालन कानुनी प्रकृया पुर्याउन टोलीले सुझाव दियो । कतिपय व्यापारीले पान नम्बर विनै कारोवार गरिरहेको पनि फेला परेको अनुगमन समितिकी संयोजक उपमेयर भोजकुमारी नेपालले बताईन । उनले भनिन्, ‘वहाँहरुलाई नगरमा आफुले संचालन गरेका व्यवसायीक फर्म दर्ता गर्नुका साथै पान नम्वर लिएर व्यवसाय संचालन गर्न सुझाउ दिएका छौ ।’

नगरको पारावारी बजारमा अधिकाँस व्यापारीले पान नम्बर विनै व्यवसाय संचालन गरिरहेका छन । नगरमा दर्ता समेत गरीएको छैन । यस्ता फर्मलाई पहिलो पटक चेतावनी दिएको र दोश्रो पटक अनुगमनमा गर्दा समितिको अनुरोध स्वीकार नगरे शिल गर्ने समेत अधिकार समितिलाई रहेको टोलिमा सहभागी एकले बताए । समितिले खाद्यान्न, औषधी, एग्रो भेट्स, होटल, डेरी, मासु पसल लगायतको अनुगमन गरेको थियो ।

नगरकी उप प्रमुख भोजकुमारी नेपाल, २ नम्बर वडाका वडा अध्यक्ष कुलवहादुर वस्नेत, स्वास्थ्य साखाका हरी विमली, पशु साखाका रामअवतार यादव, उध्योग वाणीज्य संघका भोजराज ढकाल, नगरको योजना साखाका दिनेस लुईटेल, प्रशासनका प्रकाश चित्रकार र ईलाका प्रहरी कार्यलय झिलझिलेको प्रहरीको टोली थियो ।

खुद्रा पसलमा पेय तथा खाद्य पदार्थको म्याद नाघेको, मूल्यसूची नराखेको, व्यवसाय दर्ता प्रमाणपत्र नभएको विषयमै अनुगमन केन्द्रित रहेको सो समितिले जनाएको छ । उपभोक्ता ठग्ने व्यवसायीलाई कारवाही गर्नुपर्ने, म्याद गुर्जीएका खाद्यान्न नष्ट गर्नुपर्ने, अनुगमनलाई नियमितता बनाउनु पर्ने उपभोक्ताले समितिलाई सुझाउ दिएका छन ।

यस अघि समितिले नगरको शिवगञ्ज, माईधार, दुधे, झिलझिले, धरमपुर, दोमुखा लगायतका बजारको अनुगमन गरेको थियो । यस अघि, दोमुखाबाट अनुगमन टोली ठुलो परिमाणको घरेलु मदिरा र मदिरा बनाउने कच्चा पदार्थ नष्ट गरको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here