मंगलबारे बजारको स्तरोन्नती

0
1009

झिलझिले ।

शिवसताक्षी नगरको पुरानो मंगलबारे बजारको स्तरोन्नती हुने भएको छ । नगरपालिका र स्थानीय समुदायको साझेदारीमा ४० वर्षे ईतिहास वोकेको मंगलबारे बजारको स्तरोन्नती हुने भएको हो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कुलवहादुर वस्नेतले दिएको जानकारी अनुसार ५३ लाख ११ हजार २ सय २६ रुपैयाँमा मंगलवारे बजारको स्तरोन्नती हुने भएको हो ।

शिवसताक्षी नगरपालिका को ३७ लाख १८ हजार ३ सय ५५ र स्थानीय उपभोक्ताको १५ लाख ९३ हजार ५ सय ८१ रुपैयाँमा पिसीसी ढलाई र स्तरीय ड्रेन निर्माण हुने उनले बताए । बजारको तीन तिर २१२ मिटर डे«न निर्माण हुने छ । त्यसभित्रको जमिनमा पिसीसी ढलान हुने मंगलबारे बजार बिकास समितिका अध्यक्ष भिमवहादुर नेम्वाङ्गले बताए ।

स्थानीय सरकारको ७० प्रतिसत लगानी छ भने उपभोक्ताको ३० प्रतिसत लगानी रहेको बजार विकास समितिले बताएको छ । उक्त योजनाको ड्रेन निर्माण कार्य धमाधम भईरहेको अध्यक्ष नेम्वाङ्गले बताएका छन ।

हामीले नगर संग चैत्र मसान्त सम्ममा निर्माणको योजना सम्पन्न गर्ने सम्झौता गरेका छौ तर, माघको पहिलो सातामा निर्माण सम्पन्न गर्ने गरी कामलाई यद्धस्तरमा अघिबढाएका छौ । स्थानीय बासी भन्छन, ‘झापा आन्दोलनका वेला स्थापीत बजारले ४० वर्षपछि मुर्तरुप पाउने भयो ।’

शिवसताक्षीका प्रमुख चन्द्रकु्मार शेर्माले नगरकार्यपालिका वोर्ड यतिवेला विकास निर्माणमा जुटेको बताएका छन । नगरका हरेक बजारको स्तर सुधार्न, सडक, पुल, कलभर्ट लगायतका संरचना निर्माणमा नगरपालिकाले धमाधन बजेट बिनियोजन गर्दे बिकासे काममा लागि परेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here