अर्जुनधारामा प्याब्सनको पालिकास्तरिय सांस्कृतिक कार्यक्रम सम्पन्न

0
793

अर्जुनधारा ।

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन(प्याब्सन) झापाको आयोजनामा नगर प्याब्सनले सञ्चालन गरेको पालिकास्तरिय सांस्कृतिक कार्यक्रम–२०७६ सोमबार सम्पन्न भएको छ ।

अर्जुनधारा–९स्थित प्रगति अङग्रेजी माध्यमिक विद्यालयको प्राङ्गणमा नगर प्याब्सनको अध्यक्ष रुद्रप्रसाद सिटौलाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख हरिकुमार रानाले उद्घाटन गरेका थिए ।

प्रतियोगितात्मक रहेको कार्यक्रम अन्र्तगत माविको नेपाली लोक भाकामा आधारित सामूहिक नृत्यतर्फ प्रथम रुपरत्न मेमोरियल अङग्रेजी माध्यमिक विद्यालय, द्धितीय न्यू होप अङग्रेजी माध्यमिक विद्यालय र तृतीय एम्स एकाडेमी, आधारभूतको राष्ट्रिय तथा देशभक्ती गीतमा आधारित सामूहिक नृत्यतर्फ प्रथम रुपरत्न मेमोरियल अङग्रेजी माध्यमिक विद्यालय, द्धितीय एम्स एकाडेमी र तृतीय देवी पाथीभरा अङग्रेजी माध्यमिक विद्यालय र प्राविको आधुनिक नेपाली गीतमा आधारित सामूहिक नृत्यतर्फ प्रथम गोर्खा अङग्रेजी विद्यालय, द्धितीय ब्रीलीयन्ट अङग्रेजी माध्यमिक विद्यालय र तृतीय देवी पाथीभरा अङग्रेजी माध्यमिक विद्यालय भएका छन् ।

त्यस्तै १२ वर्ष मुनिका जुनियर गायनतर्फ प्रथम देवी पाथीभरा अङग्रेजी माध्यमिक विद्यालय, द्धितीय रुपरत्न मेमोरियल अङग्रेजी माध्यमिक विद्यालय र तृतीय सूर्यज्योती अङग्रेजी माध्यमिक विद्यालय र १२ वर्ष माथिका सीनीयर गायनतर्फ प्रथम रुपरत्न मेमोरियल अङग्रेजी माध्यमिक विद्यालय, द्धितीय प्रगति अङग्रेजी आवासिय विद्यालय र तृतीय खुदुनाबारी कञ्चनजंगा भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयका विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

नगर प्याब्सनका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक बालगोपाल गौतमले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा नगर पूर्वाधारा विकास समितिकी संयोजक रमेश त्रिखत्री, नगर खेलकुद समितिका संयोजक अर्जुन मेचे, प्याब्सन केन्द्रीय सदस्य मोहन सुब्बा, प्याब्सन झापाका सहसचिव प्रभुकुमार श्रेष्ठ, सदस्य इश्वरा श्रेष्ठलगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सञ्चालन प्याब्सनका सचिव राजेशकुमार आचार्य र कोषाध्यक्ष कुमार रायाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here