जिप दुर्घटना परी एक जनाको मृत्यु

0
393

खोटाङ ।

खोटाङको रावाबेशि गाउँपालिका ४ रमिते भिर स्थित भित्री सडक खण्डमा बोलेरो सडकबाट तला खस्दा एक जनाको मृत्यु भएको छ ।

शनिवार दिउँसो साढे ३ बजेको समयमा डुम्रेधारापानिबाट रावाखोला तर्फ जाँदै गरेको ना १ ज ३७४७ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट अन्दाजी १५०० मिटर तल खसेर दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर बोलेरोमा सवार खोटाङको रावाबेशि गाउँपालिका ४ गुहेले बस्ने ४० वर्षीय रमेश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।

बोलेरो चालक सल्यान जिल्ला शारदा नगरपालिका ११ बस्ने २६ वर्षीय राम बहादुर कुँवर गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल खोटाङ पठाइएको प्रहरी चौकी डुम्रेधारापानिले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here