क्रिएटिभ इन्टरनेशनल एकाडेमिद्धारा खेलकुदका कार्यक्रम सम्पन्न

0
633

बिर्तामोड ।

झापाको बिर्तामोड १ स्थित क्रिएटिभ इन्टरनेशनल एकाडेमि स्कुलले अतिरिक्त क्रियाकलापअन्तर्गत विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न गरेको छ ।

विद्यालय प्राङ्गणमा विभिन्न १६ वटा खेल सम्पन्न भएका थिए । ती खेलहरुमा नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीले भाग लिएका थिए । विद्यालयमा बलुन रेस, दौड, स्विट रेस, सियोधागो दौड, इस्किपिङ दौड, म्याथमेटिकल दौड, चम्पा दौड, भित्रबाहिर गर्ने खेल, फुटबल, भालेजुधाई, बोरा दौड, तीन खुट्टेलगायतका खेलहरु खेलाइएको स्कुलका संस्थापक एजाज अहमद अन्सारीले जानकारी दिए ।

त्यसमा स्विट रेसमा अल्थामस, बोरा दौडमा साहिल आलम र रुहुल्ला, सियोधागोमा खुश्बु खातुन र सोभिया खान, भालेजुधाईमा सहिद अन्सारी र रिजन तामाङ, भित्रबाहिर खेलमा सोनाश्री पौडेल, तीन खुट्टे दौडमा रिजन तामाङ र इम्तियाज अन्सारी प्रथम बने । यस्तै बेलुन दौडमा निहाल प्रथम, इसिका कालिकोटे दोस्रो र विपिन गुरुङ तेस्रो भएको स्कुलकी शिक्षक इन्चार्ज लता भट्टराईले जानकारी दिइन् ।

त्यस्तै, २ सय मिटर दौडको छात्रतर्फ रिजवान आलम, साहिल आलम र रुहुल्ला तथा छात्रातर्फ जाइफा शेख, साइमा अख्तर र राजिया सुल्ताना प्रथम भए । खेलकुद प्रतियोगितामा विद्यार्थीका अभिभावकहरुबीच पनि विभिन्न खेल खेलाइएको थियो । जसअन्तर्गत पुरुष अभिभावकको पानी पिउने दौड आयोजना गरिएको थियो । उक्त दौडमा परवेज अख्तर प्रथम भए । महिला अभिभावकलाई म्युजिक चियर खेल खेलाइएको थियो ।

सो खेलमा अभिभावक सुमित्रा ठाकुर प्रथम भएकी थिइन् । क्रिएटिभ इन्टरनेशनल एकाडेमि स्कुल यसै वर्षदेखि सञ्चालनमा आएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here