सुरेन्द्र भण्डारी/ नरेन्द्र ढकाल
बिर्तामोड ।

मुलुक संघीयतामा गएसंगै स्थानीय तहमा विकास निर्माणका कामले गति लिएको छ । तीन तहका सरकार निर्माण भएसँंगै स्थानीय, प्रादेशिक र संघीय सरकारले विभिन्न कार्यक्रमहरु छनौट गरी विकास निर्माणका कामलाई अगाडि बढाइरहेका छन् ।
यसअघि केन्द्र सरकारको भरमा विकास निर्माणका काम हुने गरेका थिए । केन्द्रीकृत शासन प्रणाली भएको समयमा पहुँचवालाले मात्रै विकास निर्माणका कामलाई अगाडि बढाउने गरेको आरोप लाग्दै आएको थियो । तर, मुलुक संघीयताामा गएसंगै स्थानीय, प्रादेशिक र संघीय सरकारलाई सबै क्षेत्रको विकासका कामलाई अगाडि बढाउन सहज भएको तीनै तहका सरकार प्रमुखहरुको भनाइ छ ।
आठ नगर र पाँच गाउँ गरी १५ वटा स्थानीय तह रहेको झापामा पाँच निर्वाचन क्षेत्र रहेका छन् । प्रत्यक्ष तथा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरु तयार गरेर विकास निर्माणका कामलाई अगाडि बढाइरहेका छन् ।
स्थानीय तहले पनि आ–आफ्नै ढंगले बजेट निर्माण गर्दै आफ्नो ठाउँको विकासका लागि सक्दो प्रयत्न गरिरहेका छन् । त्यस्तै प्रदेश सांसदले पनि आफ्नो क्षेत्रको विकासका लागि विभिन्न योजना छनौट गरेर विकासका कामलाई गति दिएका छन् । प्रदेश र स्थानीय तहले मात्रै नभई संघीय सांसदले समेत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि विभिन्न योजना निर्माण गर्दै विकासका कामलाई अगाडि बढाइरहेका छन् । गाउँस्तरबाट योजना छनौट गर्दै केन्द्रसम्म पु¥याएर सांसदले ती योजना पारित गराएर आफ्नो क्षेत्रको विकासका लागि दौडधुप गरिरहेका छन् ।
सरकारले प्रत्येक सांसदलाई छ करोड रुपैयाँ निर्वाचन क्षेत्र विकासका लागि प्रदान गर्दै आएको छ । त्यसबाहेक सांसदले आफ्नै पहलमा गाउँबाट योजनाका पोको बोकेर केन्द्रसम्म पु¥याउने र बजेटको पोको गाउँसम्म ल्याउन लागीपर्ने गरेका छन् । यसै क्रममा झापा क्षेत्र नम्वर २बाट प्रत्यक्ष निर्वाचित संघीय सांसद एवम् अन्तर्राष्ट्रिय सम्बन्ध समितिकी सभापति पवित्रा निरौला खरेल आर्थिक वर्ष २०७६÷०७७का लागि आफ्नो निर्वाचन क्षेत्रमा विभिन्न मन्त्रालयगत योजनाहरु ल्याउन सफल भएकी छिन् । उनले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि करोडौं रुपैयाँ भित्र्याउन सफल भएकी हुन् ।
उनी सहरी विकास मन्त्रालय अन्तर्गत सघन शहरी विकास कार्यक्रमका लागि मात्रै ३८ करोड ८० लाख रुपैयाँ बजेट आफ्नो निर्वाचन क्षेत्रमा भित्र्याउन सफल भएकी छिन् । उनले बिर्तामोड नगरपालिकामा सडक, ढल लगायतका एकीकृत शहरी पूर्वाधार विकास गर्ने कार्य अन्तर्गत ३० करोड, जनता आवास कार्यक्रमका लागि पाँच करोड ८१ लाख, अर्जुनधारा नगरपालिका–५ र विर्तामोड–२स्थित पूर्वपश्चिम राजमार्गको उत्तरतर्फको पाण्डवपुर हुँदै शिव मन्दिरसम्म मधुमाता मार्ग स्तरोन्नतिका लागि ५० लाख, बिर्तामोडस्थित शहीद नेत्र स्मृति पार्क निर्माणका लागि ५० लाख, वुट्टावारीदेखि सालवारी हुँदै कालिस्थान जाने बाटो अर्जुनधारा नगरपालिका सडक निर्माण र मर्मत सम्भारका लागि ५० लाख, मंगलमणि मार्गदेखि धाइजन जाने बाटो अर्जुनधारा नगरपालिका सडक निर्माण र मर्मत सम्भारका लागि ५० लाख रुपैयाँ बजेट भित्र्याएकी छिन् ।
त्यस्तै भवन निर्माण संहिता सरकारी भवन निर्माण अन्तर्गत अर्जुनधारा नगरपालिका–११ सालवारीमा बहुउद्देश्यीय हल निर्माणका लागि ५० लाख, जनता आवास कार्यक्रम अन्तर्गत झापा जिल्ला इमरजेन्सी सेल्टर निर्माण कार्यको क्रमागत विकासका लागि ४० लाख रुपैयाँ आफ्नो निर्वाचन क्षेत्रमा ल्याउन सफल भएकी छिन् ।
त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत स्थानीय सडक पुल निर्माणका लागि विभिन्न यौजना छनौट गरेर विकासका कामलाई सांसद निरौलाले अगाडि बढाइरहेकी छिन् । अर्जुनधारा–११मा रहेको स्टाफचौक जोड्ने हिले खोलामा पुल निर्माणका लागि १३ लाख ८० हजार, वुद्धशान्ति गाउँपालिका अन्तर्गत वुधवारे–९मा रहेको हँडिया खोलामा पुल निर्माणका लागि १३ लाख ८० हजार, विरीङ खोलामा पुल, वुधवारे–खुदुनावारी–दानावारी सडकको क्रमागत विकासका लागि ६९ लाख, टाङ्टिङ खोलामा कज्वे, दानावारी शिविर जाने वाटोको क्रमागत विकासका लागि ५ लाख १८ हजार, बिर्तामोडस्थित शान्ति टोलमा रहेको अन्धुवा खोलामा पुल निर्माणको क्रमागत विकासका लागि ५ लाख १८ हजार, दिपिनी खोला कल्र्भट दमक–१० नारायण चौक र हर्चना खोला पुल, गरामनी वजार पूर्व २ विसु सडकको खालवाडी, मिलडाँडाको क्रमागत विकासका लागि ४४ लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन गरेर विकासका कामलाई अगाडि बढाएको सांसद निरौलाले बताइन् ।
त्यस्तै रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा अन्तर्गत पूर्वपश्चिम राजमार्ग अन्तरगत अन्धुवा खोला पुल निर्माणको क्रमागत विकासका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गराएकी छिन् । उनले राजमार्ग स्तरोन्नति तथा पुनस्थापना कार्यक्रम अन्तर्गत बिर्तामोड–चन्द्रगढी–भद्रपुर–मेची पुलका लागि १० करोड, तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तरगत बिर्तामोड–सैनिक बजार, सैनिक चौक, गोलधाप, भारत सीमा सडक अन्तर्गत एक करोड बजेट विनियोजन गराएकी छिन् ।
झापा चौक–भद्रपुर–बिर्तामोड सडक र बिर्तामोड–सैनिकमोड– गोलधाप–राजगढ–भारत सीमा सडक अन्तर्गत एक करोड, लक्ष्मीपुर–घैलाडुब्बा–घेरावारी सीमानाका लागि एक करोड, बिर्ताबजारबाट मियावाडी हुँदै बुट्टावारी जाने बाटोका लागि एक करोड, गरामनी गोलधाप भुटानी शरणार्शी शिविर–पुँहातुवाडी–चारआली सडकका लागि एक करोड, बिर्तामोड–शनिश्चरे–वुधवारे सडकका लागि एक करोड, अर्जुनधारा नगरपालिका अन्तर्गत गरुवा चौकबाट इलाम–लक्ष्मीपुर–भालुखोप जोड्ने सडकका लागि एक करोड, जयपुर चौकवाट शहीद राम प्रधान शालिक दक्षिण हँडिया पुल चौक सडकका लागि १ करोड, बिर्ताबजार मियावाडी वुट्टावारी भद्रपुर हुँदै भारत सीमा जोड्ने सडकका लागि एक करोड, बिर्तामोड नगरपालिका अन्तर्गत मुक्तिचौक हुँदै शनिश्चरे– जयपुर–वुधवारे सडकका लागि एक करोड र खोपवाडीवाट बाह्रघरे स्कूल डाँडा–देवनीयाचौक–सेन्ट जेभियर्स–किसान भिट्ट–केयर कुवारे–गरामनी बजार हुँदै भाषावारी सडकका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेर विकास निर्माणका कामलाई गति दिएकी हुन् । उनले सम्भावित प्रादेशिक सडकहरुमा समेत विभिन्न योजना निर्माण गरेर बजेट विनियोजन गरेको स्वकीय सचिव लीला आचार्यले जानकारी दिए ।
संघीय सांसद निरौलाले खानेपानी मन्त्रालय अन्तर्गत विभिन्न योजनाहरु आफ्नो निर्वाचन क्षेत्रमा ल्याएकी छिन् । उनले खानेपानी सेवा विस्तार तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत अर्जुनधारा वृहत् खानेपानी आयोजनाका लागि ३ लाख, बुद्धशान्ति– १ भोटेटार खानेपानी आयोजनाका लागि ३ लाख, कनकाई–८ लक्ष्मीपुर खानेपानी तथा सरसफाई योजनाका लागि ३ लाख, वुद्धशान्ति खानेपानी आयोजनाका लागि ३ लाख २३ हजार वजेट विनियोजन गराएकी छिन् ।
त्यस्तै डीप ट्युवेल आयोजना अन्तर्गत अर्जुनधारा–११ सालवारी खानेपानी योजनाका लागि २४ लाख ८८ हजार, तराई मधेश खानेपानी सुधार आयोजना अन्तर्गत दुर्गापुर खानेपानी आयोजनाका लागि १५ लाख, खुदुनावारी अर्जुनधारा खानेपानी आयोजनाका लागि ४ लाख , कैदले खानेपानी आयोजनाका लागि ३० लाख, विरान खानेपानी आयोजनाका लागि २० लाख, गरामनी खानेपानी आयोजना का लागि ५ लाख, साठीमुरे खानेपानी आयोजनाका लागि २ लाख, भोटेटार खानेपानी आयोजनाका लागि ४ लाख, सातकटेरी खुदुनावारी खानेपानी आयोजनाका लागि २ लाख र लक्ष्मीपुर खानेपानी आयोजनाका लागि ५ लाख रुपैयाँ वजेट विनियोजन गरेर कामहरु शुरु भएको छ ।
त्यस्तै जलवायु अनुकूलित वृहत् खानेपानी आयोजना अन्तर्गत शनिश्चरे खानेपानी आयोजनाका लागि १९ लाख ७१ हजार, वेलटार खानेपानी आयोजनाका लागि २ लाख ४४ हजार, सालवारी खानेपानी आयोजनाका लागि १ करोड ९६ लाख ७२ हजार वजेट विनियोजन गरेको बताइएको छ ।































Dharai ramro suruwat ….yojana haru sakar vayara badhai dina prktixa dhilo nahun dhanyabad samachar padara man furunga vako awasta
घैलाडुब्बा तिर चाई कुनै पनि याेजना परेन नि माननिहृ जिउ।घैलाडुब्बा बिताबजार जाने लक्षि्म पुरभेटुवाल गाऊ हुँदै घैलाडब्बा घागृृासम्म काे बाटाे लाई कुनै रकम देखियन नि माननीय जिउ।