अधिकारी बन्धुद्धारा ज्येष्ठ बन्धु र बिद्यार्थी सम्मानित

0
813

बिर्तामोड।

कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान अर्जुनधारा नगर समितिले ११ जना ज्येष्ठ नागरिक र तीन जना विद्यार्थीलाई सम्मान गरेको छ ।

प्रतिष्ठानका अर्जुनधारा नगर समितिका अध्यक्ष गोपाल अधिकारीको अध्यक्षता तथा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रममा ८० वर्ष माथिका ११ जना ज्येष्ठ अधिकारी वन्धुहरु पशुपतिनाथ अधिकारी (८८), टेकनाथ अधिकारी (८७), बसुन्धरा अधिकारी (८७), चन्द्रमाया अधिकारी (८७), लोकनाथ अधिकारी (८६), मनमाया अधिकारी (८५), कृष्णकुमारी अधिकारी (८३), रेनुका अधिकारी (८२), मायादेवी अधिकारी (८०), निरञ्जीवि अधिकारी (८०) लाई सम्मान गरिएको थियो ।

त्यस्तै एसईई परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने विवेक अधिकारी, प्रज्ञा अधिकारी र समिक्षा अधिकारीलाई समेत सम्मान गरिएको थियो । उनीहरुलाई नगदसहित सम्मान गरिएको हो ।

अर्जुनधारा नगर समितिको आयोजना र ५ नं. वडा समितिको व्यवस्थापनमा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय महासचिव शेखरनाथ अधिकारी, केन्द्रीय सचिव नित्यानन्द अधिकारी, केन्द्रीय सल्लाहकार सूर्यप्रकाश अधिकारी, झापा जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारी, सचिव मोहन अधिकारी, कोषाध्यक्ष सपना अधिकारी, बिर्तामोड नगर अध्यक्ष कमल अधिकारी र कोषाध्यक्ष कृष्ण अधिकारी, अर्जुनधारा नगर समितिका निवर्तमान अध्यक्ष केहरसिंह अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

५ नं. वडा समितिका संयोजक महेन्द्र अधिकारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन नगर समिति कोषाध्यक्ष होमप्रकाश अधिकारीले गरेका थिए । सोही कार्यक्रममा दुई सय ५० भन्दा बढी अधिकारी बन्धुहरुको सहभागितामा उधौलि गोठधुप पूजा समेत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here