हतियारसहित तीन जना राैतहटबाट पक्राउ

0
403

रौतहट,

हतियारसहित तीन जना रौतहटबाट पक्राउ परेका छन् ।

बाराको सुवर्ण गाउँपालिका ६ का उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ का राम आधार साह र रौतहटको पर्रोहा नगरपालिका ४ पोखरीयाका छोटेलाल साह हतियारसहित पक्राउ परेका हुन् ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका उनीहरुलाई राजपुर नगरपालिका ३ मा मंगलबार राति प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट २ राउण्ड गोली र १ थान कटुवा पेस्तोल बरामद गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here