विद्यार्थीलाई नेतृत्व विकास सम्वन्धी प्रशिक्षण

0
1039

दुहागढी ।

झापा दुहागढी स्थित वाल सुबोधिनि आधारभुत विद्यालयका विद्यार्थीहरुलाई नेतृत्व विकास सम्वन्धी प्रशिक्षण प्रदान गरीएको छ ।

बिहिवार विद्यालयमा आयोजित एक कार्यक्रमका विच चारआली जेसीजले विद्यालयका विद्यार्थीहरुलाई १ दिने प्रशिक्षण प्रदान गरेको थियो । प्रशिक्षणमा बाल क्लब र जुनियर रेडक्रस सर्कलका पदाधिकारीहरु सहित कक्षा ६ र ७ मा अध्ययनरत १ सय भन्दा बढि बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।

कार्यक्रममा गुणस्तरीय जिवन शैली, सफलता हासील गर्ने तरीका , नेतृत्व विकास शिप लगायतका विषयमा चारआली जेसीज वर्ष २०१९ का अध्यक्ष उत्तम प्रसाद पकुवाल, उपाध्यक्ष सुजुप सुवेदी र कमलनगर जेसीज वर्ष २०१९ का उपाध्यक्ष सन्तोष कडरीयाले सहजिकरण गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष उत्तम प्रसाद पकुवालको सभापतित्व तथा विद्यालयका प्रधानाध्यापक विश्व थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जेसीज आस्था वाचन सुजुप सुवेदीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here