झापामा अब घरघरमा ग्यास पाइप विस्तार

0
548

केशव राज भण्डारी, झापा ।

झापाको कनकाई नगरपालिका २ सुकेडाँगीमा बायोग्याँस उत्पादनका लागि काम धमाधम अघि बढेको छ । फाहोर व्यवस्थापन गरी कुहिने फोहोरबाट ग्याँस उत्पादनका लागि काम अघि बढेको ग्याँस उद्योगमा जिल्लाका विर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाका भित्रत्रको फोहोर ब्यवस्थापन गरिने भएको हो ।

परीयोजना निमार्णका लागि बैकल्पीक उर्जा प्रर्वदन केन्द्र नेपालको १७ करोड ७० लाख रुपैयाँको डिपिआर छ । जसमा जग्गा बाहेक १३ करोड ७० लाख रुपैयाँ प्लान्टका लागि मात्र खर्च हुने जनाइएको छ । यसमा कुल लागतको ४० प्रतिशत बिश्व बैङ्क,३० प्रतिशत ३ वटै नगरपालिका र ३० प्रतिशत पव्लीक,प्राईभेट,पार्टनरसीप अन्तर्गत शेयर सदस्यको रहने व्यवस्था गरीएको छ ।

परीयोजना निमार्णका लागि हाल ६ सय जना स्थानियले सेयर लगानी गरीसकेका छन् । जस अन्तर्गत हाल डाइजेस्टर निमार्णसंगै अन्य भौतिक संरचनाहरु धमाधम निमार्ण भईरहेको छ । वायो ग्याँस उत्पादन परीयोजना सञ्चालनमा आएपछि यहाँबाट दैनिक १ हजार देखि १४ सय किलो ग्याँस उत्पादन हुने र यसलाई पाइपलाइन मार्फत ९ सय घरमा वितरण गरीने योजना अनुसार काम अगाडि वढाइएको छ ।

वायोग्याँस उत्पादनमात्र होइन डाइजेस्टरबाट निस्कीएको लेदोलाई प्राङ्गरीक मलको रुपमा उत्पादन गर्ने तथा नकुहीने प्लास्टीक जन्य फाहोरबाट पेट्रोल निकाल्ने लक्ष्य सहित परीयोजना अगाडि वढेको छ । ३ विगाह क्षेत्रफलमा फैलिएको यस परीयोजनालाई फाहोर टुरीजमकोरुपमा समेत अघि बढाईने भएको छ ।

समयमै निमार्ण सम्पन्न गर्नका लागि दैनिक २२ जना मजदुर कार्यरत रहेको परियोजनामा कनकाई,विर्ता अजुर्न नविकरणीय उर्जा तथा फाहोरमैला व्यवस्थापन लिमिटेड आफैँले काम गरीरहेको छ । गत बैशाख ७ गते अर्थमन्त्री डा.युवराज खतिवडाले उद्घाटन गरेको यो परीयोजनाको निमार्ण आगामी असार मसान्तसम्ममा पुरा गर्ने निमार्ण समितिले जनाएको छ ।

परीयोजना सञ्चालनमा आएपछि घरघरमा ग्याँसका पाइप पुर्याउने योजनाले सार्थकता पाउने मात्र होइन दैनिक निस्कीएको फोहोर व्यवस्थापन नहुँदा आजित बनेका विर्तामोड,अर्जुनधारा र कनकाई नगरपालिकाका नागरिकहरुका लागि फोहोर ब्यवस्थापनमा सहजता हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here