बसको ठक्करबाट एकको मृत्यु

0
864

सुरुङ्गा, पूर्व – पश्चिम राजमार्ग अन्तरगत झापाको बिर्तामोड सडक खण्डमा आज विहान यात्रु वाहक बसको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम घर भई हाल कनकाई नगरपालिका – ३ लक्ष्मीपूर बस्तै आएका ५६ वर्षीय होमनाथ ढुङ्गेल रहेका छन् । बिर्तामोडस्थित कृषि थोक वजारमा सेक्युरिटी गार्डको काम गर्दै आएका उनलाई आज विहान बिर्तामोडस्थित पश्चिम वस स्टयाण्ड नजिकै ना ४ ख ६११६ नम्वरको वसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here