रोजाइमा ‘हेवन वाटर पार्क’ 

0
1765

सुरेन्द्र भण्डारी
झापा, झण्डै वाइस करोड रुपैयाँ लगानी गर्दै बिर्तामोडमा निर्माण गरिएको ‘ हेवान वाटर पार्क ’ पछिल्लो समय पूर्वकै पर्यटकीय गन्तव्यका रुपमा चिनिन थालेको छ ।
विगत दश वर्षदेखि बाँझिएको १६ विगाह जमिनलाई सदुपयोग गर्दै पार्क निर्माण गरिसंगै आन्तरिक तथा वाह्रय पर्यटकका लागि यो पार्क आकर्षक गन्तब्य बनेको हो । पार्क बिर्तामोड निवासी धुव्रकुमार शिवाकोटीले सञ्चालनमा ल्याउनु भएको हो । उहाँ बिर्तामोड नगरपालिकाको नगरप्रमुख समेत हुनुहुन्छ । पार्कमा उहाँले माछा पालन गर्नु भएको छ । दैनिक एक हजार केजी मात्रा विक्री गर्दै आउनुभएका उहाँले १४ वटा ठूला र व्यवस्थित पोखरीमा माछा पालन गर्नु भएको छ । जसबाट उहाँले मासिक लाखौं रुपैयाँ आम्दानी समेत गरिरहनु भएको छ ।


तीन विगाह क्षेत्रफलमा उहाँले ‘फन पार्क’ बनाउनु भएको छ । जहाँ पारिवारिक भ्रमण, शैक्षिक अवलोकन भ्रमण गर्नेको समेत घुँइचो लाग्ने गरेको छ । बिर्तामोडको व्यस्त बजारबाट झण्डै दुई किलोमिटर दक्षिणमा फैलिएको यो पार्क शान्त ठाउँमा भएकाले पनि सबैको रोजाइमा पर्ने गरेको बताइन्छ । पार्कमा अहिले विभिन्न प्रकारका खेलौनाका सामाग्री, मानव निर्मित ‘डाइनोसर’ समेत राखिएकाले पनि वालकदेखि वृद्धसम्मको रोजाइमा यो पार्क रहेको छ ।
माछाका पारखीहरुका लागि त अझ यो पार्क पहिलो रोजाइ नै बन्ने गरेको छ । किनकि पार्कसंगै सञ्चालन गरिएको रेष्टुरेण्डमा माछाका ५२ प्रकारका परिकार बनाएर ग्राहकको रोजाइमा प्रदान गर्ने गरिन्छ पार्कका प्रवन्ध निर्देशक नेपालरत्न शिवाकोटी भन्नुहुन्छ – ‘नेपाल भ्रमणवर्ष २०२०लाई सफल बनाउन यो पार्क पनि पूर्वका लागि पर्यटकीय गन्तव्य बन्न सक्छ । किनकि यहाँ स्वदेशी तथा विदेशी पर्यटकलाई मध्यनजर गर्दै माछाका विभिन्न परिकारका बनाएर उहाँहरुकै रोजाइमा प्रदान गर्ने गर्छाैं ।’


केही दिन भित्रै २१ जना बालबालिकालाई ‘डे केयर’ गर्न सक्ने क्षमता सहितको ‘फन पार्क’ सञ्चालनमा आउने बताउँदै पार्कको औपचारिक उद्घाट पुस ९ गते गरिने प्रवन्ध निर्देशक शिवाकोटीले बताउनुभयो । जसका लागि अहिले पार्कलाई अझ व्यवस्थित गर्ने काम भइरहेको शिवाकोटीको भनाई छ ।
६० जनालाई रोजगारी समेत दिएको पार्कबाट प्राप्त आम्दानी नगरप्रमुख समेत रहनु भएका शिवाकोटीले २५ प्रतिशत रकम साङ्गवेद संस्कृत विद्यालय चारपानेमा अध्ययनरत विद्यार्थीको खाना खर्चका लागि प्रदान गर्दै आउनु भएको छ ।
‘अग्यानिक मेयर’का उपनामले समेत चिनिनु भएका शिवाकोटीले पार्कमा रहेका पोखरीबाट उत्पादित माछा झापा, मोरङ, सुनसरी, धनकुट्टा, इलाम, पाँचथर, ताप्लेजुङसम्म विक्री गर्दै आउनुभएको छ ।
माछाका लागि दाना खरिदमा मात्रै मासिक ७० लाख रुपैयाँ खर्च गर्दै आउनुभएका उहाँले ‘हेवन वाटर पार्क’मा ‘ओमेगा थ्री’ प्राप्त माछा मात्र उत्पादन गर्दै आउनु भएको दावी गर्नुभयो । जुन मानव शरीरका लागि स्वास्थ्यवर्दक रहेको नगरप्रमुख शिवाकोटीको भनाई छ ।
२०७२ सालबाट वाटर पार्कको अवधारणा सहित माछा पालन व्यवसाय सञ्चालन गरिरहनु शिवाकोटीले स्थानीय तहको निर्वाचनमा नगरप्रमुखको टिकट पाएसंगै राजनीतिमा होमिनु भएको थियो । उहाँ अहिले स्थानीय तहको प्रमुखसंगै सफल व्यवसायिक कृषकका रुपमा समेत चिनिनु भएको छ ।
राजनीतिमा लागेका अधिकांशले विलाशी जीवन बिताइरहेको देख्न सकिन्छ । तर, शिवाकोटीले भने स्थानीय तहको प्रमुख हुँदा समेत पर्यटनको विकास र कृषिमा आधुनिकीकरणको नारालाई एक साथ जोडेर माछापलनबाट आम्दानीको समेत भरपर्दाे माध्यम बनाउनुभएको छ ।

पार्कमै पाँच दिने फिस फेष्टिवल

झापा सहित पूर्वका अधिकांशको रोजाइमा ‘हेवन वाटर पार्क’ परेसंगै पार्कमै पाँच दिनसम्म फिस फेष्टिवलको आयोजना गरिएको छ । पुस ९ गतेदेखि पाँच दिनसम्म फिस फेष्टिवलको आयोजना गरिने पार्कका प्रवन्ध निर्देशक नेपालरत्नले बताउनुभयो । झापामै पहिलो पटक फिस फेष्टिवलको आयोजना गर्न लागिएको हो शिवाकोटीले भन्नुभयो – ‘पार्कको उद्घाटन र फिस फेष्टिवलको उद्घाटनसंगै हुन्छ ।

सो दिन नेपालको चर्चित कर्मा ब्राण्डको समेत प्रस्तुति रहन्छ । ’
पार्क निर्माणको विषयमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा पार्क पूर्ण रुपमा सञ्चालनमा आएपछि मनोरञ्जनका लागि विदेशी पर्यटक प्रशस्त नेपाल भित्रने शिवाकोटीको भनाई छ ।
स्थलमार्ग भएर पूर्वी नाका काँकरभिट्टाबाट नेपालमै सवैभन्दा धेरै पर्यटक झापा भित्रन्छन् । उनीहरु सवैलाई एक पटक मात्रै पार्क घुमाउने हो भने उनीहरुकै माध्यमबाट अझ धेरै पर्यटक नेपाल भित्रने नगरप्रमुख समेत रहनु भएका ध्रुवकुमार शिवाकोटीको भनाई छ ।

पोखरीमा आठ प्रकारका माछा


नगरप्रमुख शिवाकोटीले सञ्चालन गरेको पार्कमा पासाङ माछा विशेष हो । किनकि यो माछामा ओमेगा थ्री पाइने बताइन्छ । जुन सामुन्द्रिक खाना (सि फुड)को अग्रपङ्तिमा रहेको छ । पोखरीमा पसाङ बाहेक रहु, नैनी, ग्रासकार, कमलकार, ब्रिगेट, सिल्भर र रुपचन गरी आठ प्रकारका ४० लाख माछा रहेका छन् । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here