कला र संस्कृतिको संरक्षणमा लाप्चा समुदाय

0
1368

बिर्तामोड ।

पूर्वी जिल्ला इलाममा बसोबास गर्ने लाप्चा सुमदाय लोपउन्मुख जातीमा पर्ने गरेका छन् । नेपालको जनगणना २०६८ अनुसार नेपालमा लाप्चा जाति ३ हजार ४ सय ४५ जना रहेका छन जुन अघिल्लो तथ्याङक अनुसार घटेकोलाप्चा जातिको प्रमुख लाप्चा घाट संरक्षण समितिका अध्यक्ष मोहन लाप्चाले जानकारी दिएका छन ।

लाप्चा जातिको लिपी रोङ रहेको हो । इलामबाट लाप्चा जातिको उत्पति भएको जानकारहरु बताउँछन । लोपोन्मुख सूचीमा रहेका लाप्चा समुदाय जिल्लाको गोर्खे, जोगमाई, पशुपतिनगर, नामसालिङ, गोदक, लक्ष्मीपुर, इरौंटार, कोल्बुङ, शान्तिपुर, पञ्चकन्या, सूर्याेदय नगरपालिका, श्रीअन्तु, समालबुङ र जिर्मलेमा बसोवास गर्दै आएका छन् ।

सरकारले लोपोन्मुख जातिहरुको संरक्षणका लागि लोपोन्मुख जातिलाई मासिक भत्ताको समेत व्यवस्था गरेको छ । यसैबीच लोपोन्मुख लाप्चा जातिकोे महान चाड नम्बुन नामआलको अवसरमा इलामको सूर्योदय नगरपालिका स्थित वडा नंं. ७ सिग्राममा पौष १४ गते सास्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ । आफूहरुको कला र संस्कृतिको संरक्षणमा लागेको लाप्चा समुदायका अगुवाहरुको भनाई छ ।

लाप्चा घाट संरक्षण समितिको आयोजना लाप्चा जातिको विकास, जातिय पहिचान धर्म सस्कृतिको जगेर्ना गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा लाप्चा जातिको कुल पुजा, लाप्चा जातिको झाँकी प्रदर्शन, लाप्चाको मौलिक खाना, पोशाक, बाजा प्रदर्शन गरिने भएको छ । लाप्चा जातिका धर्मग्रन्थ, लिपी, कागजपत्र, बाजागाजा, तोेप, सङ्गीत, तलवारजस्ता हातहतियार र दम्बुन दम्बालगायतका जातीय पोसाक प्रदर्शनी गरिने भएको बताइएको हो ।

लाप्चा जातिले चाप्राजङ (ढोल, पन्तोङपलित, निब्रियूपलित, स्यूतपलित, , टोक्रो, टोङबोक, साच्सङ, पटे, सोङतोङदार आदि लोकबाजा प्रचलित छन् । लाप्चा जातिको गायिका अमृता लाप्चा, राष्ट्रिय गायक नन्दु गुरुङ लगायत अन्य स्थानीय तथा जातिय कलाकारको प्रस्तुति रहेन आयोजक समितिका सचिव पूर्ण छिसिङ लाप्चाले बताएका छन् ।

कार्यक्रममा लाप्चा जातिको घाट संरक्षण गर्ने उद्देश्यले निर्माणधिन घाटका जग्गादाताहरु लाप्चा जातिका बृद्ध वृद्धालाई समेत सम्मान गरिने छ । घाट संरक्षणका लागी स्थानीयलाक्पा घिसिङ लाप्चा र बुधमाया लाप्चाले २ रोपनी ६ आना २ दाम जग्गा प्रदान गरेको उपाध्यक्ष टिका लाप्चाले जानकारी दिए ।

आफूहरुको सबैभन्दा ठूलो चाड पुस महिनाको १४ गते पर्ने भएकाले यस पटक आफूहरुलेविशेष कार्यक्रमको आयोजना गरेर आफ्नो, कला संस्कृतिको बारेमा अन्य समुदायलाई जानकारी दिने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको कोषध्यक्ष बुद्धिमाया लाप्चाले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here