पछिको सहारा

0
395

सम्पत्ति छोडिन्छ यही धरामा,
मकै तथा धान गरागरामा ।
गाई र भैंसी सब गोठ रुङ्छन्,
स्वधर्मपत्नी घरमैं रहन्छिन् ।

पुग्छन् मलामीहरु घाटसम्म
फिर्छन् सबै अग्नि दिई तुरुन्त !
पुत्रादि, आफन्त र बन्धु केही
बस्छन् जलेसम्म कतै नहेरी ।

चिता पखालेपछि घाट शून्य
पारेर भन्छन्, पछि हेर्नुहुन्न ।
छ जीव एक्लो, कुन हुन्छ साथी !
सत्कर्म–आफ्नोसँग पुग्छ माथि ।

अन्यायको आर्जनले अथाहरु
सम्पत्ति साँच्ने क्रम व्यर्थ हुन्छ ।
यो देह छाडेपछि छुट्छ सारा,
बाँच्दै बनाऔं पछिको सहारा ।


कमलप्रसाद पोखरेल, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here