नवजागरण समृद्धि र धनुषकोटी सहकारीका सभा

0
624

सुरुङ्गा ।

नवजागरण समृद्धि बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको छैटौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
कार्यक्रमका अध्यक्षता समेत गरेका संस्थाका अध्यक्ष जनार्दन उप्रेतीले आ.व. २०७५÷०७६ को समीक्षा र आ.व.२०७६÷०७७ को अनुमानित आम्दानी–खर्च तथा कार्यक्रमहरु समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष उप्रेतीले २०६९ सालमा सहकारी डिभिजन कार्यालय झापामा २५ जना शेयरसहित दर्ता भएको संस्थामा हाल २ सय १९ महिलासहित ४ सय ५१ शेयर सदस्य रहेका र २०७६ असार मसान्तसम्म कुल शेयर पूँजी ४९ लाख ८० हजार ५ सय रहेको जानकारी दिए । संस्थाले आ.व. २०७५÷२०७६ मा १ करोड ५५ लाख ३५ हजार रुपैयाँ ऋण लगानी गरेको र कुल आम्दानी ११ लाख २४ हजार ३ सय ११ रुपैयाँ रहेको थियो ।

उनले आगामी असार मसान्तसम्म ५ सय ५० जना शेयर सदस्य, १ करोड शेयर पूँजी, २ करोड रुपैयाँ बचत संकलन र २ करोड ५० लाख रुपैयाँ कर्जा लगानी गर्ने कार्ययोजना रहेको बताए । कार्यक्रममा प्रमुख अतिथि झापा निर्वाचन क्षेत्र नं. ४ का प्रदेश सभा सदस्य हीराकुमार थापाले अब सहकारीहरु सहकार्य र एकीकरणतर्फ जानुपर्ने र सहकारीहरुले बचत संकलन तथा ऋण लगानी मात्र नगरेर उत्पादन र वितरणको क्षेत्रमा समेत लाग्नुपर्ने बताए ।

त्यसैगरी, संस्थाका ऋण समितिका संयोजक डिल्लीराम पौडेलले गत आ.व. २०७४÷०७५ मा ८ लाख ७५ हजार ४ सय ४५ रुपैयाँ ऋण लगानी गरिएकोमा आ.व. २०७५÷०७६ मा १ करोड ५५ लाख ३५ हजार ऋण लगानी गरिएको जानकारी दिए । उनले सहकारी संस्थाको पूँजी वृद्धि गर्नका लागि सम्पूर्ण शेयर सदस्यलाई सबै रकमको कारोवार सहकारी संस्था मार्फत गर्न अनुरोध गरेका थिए ।

वार्ड नं. ३ की वार्ड सदस्य सुष्मा परियार, नेपाल पत्रकार महासंघ झापा कार्यसमिति सदस्य लीलाराज झापाली लगायतको आतिथ्य रहेको कार्यक्रममा कनकाई नगरपालिका सहकारी शाखा प्रमुख हरिप्रसाद पौडेल, भीमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, सिद्धार्थ बैंक सुरुङ्गा शाखा प्रबन्धक अमर राना, एक्सेल डेभलपमन्ट बैंक कर्जा व्यवस्थापन विभाग प्रमुख शिवकुमार गिरी, वार्ड नंं. ३ का वार्ड सदस्य युवराज चम्लागाईं लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधारणसभाको बन्दसत्रमा लेखा समिति संयोजक दयानन्द नेपालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । सबै प्रतिवेदनहरु सर्वसम्मत पारित गरिएका थिए । लेखा समिति सदस्य चित्रकुमारी बस्नेतको स्वागत मन्तव्य रहेको कार्यक्रम संस्थाका सचिव बद्री दाहालले सञ्चालन गरेका थिए ।

त्यसै गरी, धनुषकोटी कृषि सहकारी संस्था लिमिटेड सुरुङ्गाको सातौं वार्षिक साधारणसभा कनकाई वन समूहको सभाहलमा सम्पन्न भएको छ । २०७१ सालमा ५८ जना शेयर सदस्यबाट १४ लाख ५० हजार रुपैयाँको शेयर पूँजीसहित शुरु भएको संस्थामा हाल २ सय ५६ जना शेयर सदस्य र ४१ लाख ५६ हजार २ सय ८७ रुपैयाँ शेयर पूँजी पुगेको छ । सभाको अध्यक्षता समेत गरेका संस्थाका अध्यक्ष गोपाल प्रसाईद्वारा वार्षिक कार्यक्रम समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । अध्यक्ष प्रसाईले युवा स्वरोजगार कार्यक्रमसँग समन्वय गर्ने, बचत तथा ऋण नीति, कर्जा नीति र मानव संसाधन नीतिका आधारमा संस्थालाई अघि बढाउने बताए । आ.व. २०७५÷०७६ मा ६५ लाख ६५ हजार ५ सय ६६ रुपैयाँ बचत संकलन गर्न सफल भएको छ भने सोही आ.व.मा १ करोड १६ लाख ७६ हजार रुपैयाँ कर्जा लगानी गर्न सकेको संस्थाकी व्यवस्थापक रीता खतिवडा (खडका) ले जानकारी दिइन् ।

अग्रज शिक्षाकर्मी तथा वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा उत्कृष्ट बचतकर्ताका रुपमा यामबहादुर प्रधान, कृष्णराज राजवंशी र गणेश भट्टराईलाई सम्मान गरिएको थियो । त्यसै गरी, उत्कृष्ट ऋणीका रुपमा लोकेन्द्र खडका, पूर्णप्रसाद राजवंशी र जन्मजय साहलाई सम्मान गरिएको थियो ।
सो अवसरमा संस्थामा अहोरात्र खटिएर संस्थाको चौतर्फी विकासमा सहयोग पु¥याएकोमा कर्मचारी जमुना तिम्सिना (चापागाई) लाई सम्मान गरिएको थियो । संस्थाकी कोषाध्यक्ष दुर्गादेवी कोइरालाले स्वागत मन्तव्य राखेको कार्यक्रममा लेखा समितिका संयोजक चन्द्रप्रसाद शिवाकोटीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्वरोजगार भवानी सहकारीका सचिव मनोज भट्टराई, इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख पदमसुन्दर लिम्बू, नेपाल पत्रकार महासंघ झापा शाखाका सदस्य लीलाराज झापाली लगायतको आतिथ्य रहेको सो कार्यक्रममा शिक्षाकर्मी आशा शर्मा शिवाकोटी, बुद्धिजीवी भक्तिप्रसाद संग्रौला, स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष केशव बस्नेत, जीवन समृद्धि सहकारी संस्थाकी उपाध्यक्ष एवम् संविधानसभा सदस्य पूजा खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य विष्णुप्रसाद बिमलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here