ईलाम झापा मैत्री समाज बिर्तामोडमा खत्री

0
877

बिर्तामोड ।

ईलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिको अध्यक्षमा पुनः तिलोत्तमा खत्री चयन भएकी छिन् ।

समाजको दोश्रो बिर्तामोड नगर अधिवेशनले खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्ष सुधा कटुवाल , सचिव दिनेश भट्टराई , सहसचिव केशव पोखरेल , कोषाध्यक्ष अञ्जु लामिछाने रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा दिपक तिखत्री, विना गुरुङ , नरेश कर्माचार्य , विकास वस्नेत , पिङ्गला कट्टेल , वजरङ्ग गर्ग , विमला पौडेल रहेका छन् ।

ईलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिकी अध्यक्ष तिलोत्तमा खत्रीको अध्यक्षता तथा समाजसेवी भिष्म वैधको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा स्वागतसहित वार्षिक प्रतिवेदन अध्यक्ष खत्रीले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष अञ्जु लामिछानेले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ईलाम झापा मैत्री समाजका संस्थापक अध्यक्ष कमलप्रसाद पौडेल , संस्थापक सदस्य गोपालकुमार वस्नेत , झापा अध्यक्ष श्यामकुमार खड्गी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिविध मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम गरिएको कार्यक्रमको सञ्चालन ईलाम झापा मैत्री समाज बिर्तामोड नगर समितिका सचिव अच्युत दाहालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here