चितुवाका कारण गाउँले त्रसित

0
1029

झापा।

दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–६ खाडी टोलमा स्थानीयवासी विगत दुई सातदेखि जंगली जनावरका कारण त्रसित बनेका छन् ।

नजिकै रहेको श्याम टी इस्टेटमा जंगली जनावर चितुवा देखापरेको र गाउँलेका खसी, बाख्रा, गाईका बाच्छाबाच्छी तथा सुँगुरका पाठा खान थालेपछि स्थानीयमा त्रास फैलिएको हो ।

चितुवाले दिउँसै खसीबाख्रा खान थालेपछि मानिसलाई समेत आक्रमण गर्न सक्ने भन्दै स्थानीय त्रसित भएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए । उनले भने– चितुवाले दिउँसै बस्ती पसेर खसीबाख्रा खाइरहेको छ, यसले मानवीय क्षति गर्न सक्ने आशंकाले जिल्ला बन कार्यालयलाई खबर गरेका हौं ।

गाउँमा चितुवाको समस्या बढेको भन्दै डिभिजनल बन कार्यालय झापाले शनिवार स्थलगत अनुगमन गर्दै चितुवालाई नियन्त्रणमा लिन थापेको पासोको समेत निरीक्षण गरेको छ ।

डिभिजनल बन कार्यालय झापाका डिभिजनल बन अधिकृत विष्णुलाल घिमिरेले मानवीय क्षति हुन नदिन, संयम अपनाउन सबैलाई आग्रह गरेका छन् । बिगत एक सातादेखि चितुवा नियन्त्रणका लागि बाख्राको पाठो रखेर पासो थापिए पनि चितुवा पासोमा नपरेको गाउँलेको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here