‘भारतसँग कुटनीतिक पहल आवश्यक’

0
1045

भद्रपुर।

झापाको भद्रपुरस्थित मेची नदीमा दोस्रो संस्करणको मेची रिर्भर साइड ‘विच’ भलिबल प्रतियोगिता शनिवारदेखि शुरु भएको छ ।

भ्रमण वर्ष २०२०सँगै नेपाल–भारतबीचको एकता र सद्भावलाई कायम राख्ने उद्देश्यले भद्रपुर नगरपालिका–५को आयोजना तथा एलेभेन साइनिङ स्टार क्लबको सह–आयोजनामा वडा स्तरीय ‘विच’ भलिबल प्रतियोगिता शुरु भएको हो ।
पुस ७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको एक समारोहकाबीच नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उद्घाटन गरेका थिए । नेता सिटौलाले बिरुवामा पानी हाल्नुका साथै रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

भारतले नेपाली भूमि अतिक्रमण गरेको विषय उठिरहँदा मेची नदीको सीमाबाटै कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले भने– ‘पूर्वी नेपालको सीमामा पर्ने मेची नदीको बालुवामा भलिबल प्रतियोगिता गरेर भद्रपुरको ५ नम्बर वडाले सिंगो नेपाललाई बिउँझाउने काम गरेको छ, अहिलेको सन्दर्भमा । भौगोलिक अखण्डता असंशोधनीय रहेको बताउँदै नेता सिटौलाले भने– ‘संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सकिँदैन, भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो ।’

‘अहिले पश्चिममा कालापानी, लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि भारतले मिचेको विषय चर्चाको शिखरमा छ’– उनले भने– ‘हामीले सरकारलाई भनेका छांै, मित्र राष्ट्र भारतसँग उच्चस्तरमा राजनीतिक र कुटनीतिक पहल गरेर समाधान गर्नुहोस्, यो हल्ला गरेरभन्दा पनि दुई देशबीचमा राजनीतिक र कुटनीतिक पहल गरेर समाधान गने विषय हो ।’ वडाध्यक्ष बन्धु कार्कीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा भद्रपुरका दुई जना पत्रकारलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा गोपाल गिरी र माधव विद्रोही रहेका छन् ।

यता उद्घाटन कार्यक्रममा प्रदेश सांसद बसन्त बानियाँ, भद्रपुर–७का वडाध्यक्ष बिनोद पोखरेल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, पूर्व मेयर भारतेन्दुकुमार मल्लिक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठ लगायतले मन्तव्य राखेको कार्यक्रममा स्वागत वडा सदस्य लता कार्कीले गरेकी थिइन् । कार्यक्रमको सञ्चालन वडा सचिव हिरण्य न्यौपानेले गरेका थिए ।

वडा ३, ४, ५ र ६ बिजयी

शनिवार आठ वटा वडाबीच प्रतिस्पर्धा भएको थियो । उद्घाटन खेलमा वडा नम्बर ३, ४, ५ र ६ बिजयी भएका छन् । पहिलो खेलमा वडा नम्बर ५ले वडा नम्बर १लाई २१–१७, २१–१६ को सोझो सेटमा पराजित ग¥यो । खेलको म्यान अफ द म्याच वडा नम्बर ५का पारस शर्मा घोषित भए । दोस्रो खेलमा वडा नम्बर ३ले ७ लाई २१–६, २१–११ को सोझो सेटमा पराजित ग¥यो । खेलको म्यान अफ द म्याच वडा नम्बर ३का बिक्रम तामाङ घोषित भए ।

त्यसै गरी तेस्रो खेलमा वडा नम्बर ४ले ८लाई २१–९, २१–१६ को सोझो सेटमा पराजित ग¥यो । खेलको म्यान अफ द म्याच वडा नम्बर ५का भरत यादव घोषित भए । अन्तिम खेलमा वडा नम्बर ६ले २ लाई २१–११, २१–१४ को सोझो सेटमा पराजित ग¥यो । खेलको म्यान अफ द म्याच वडा नम्बर ६का सागर कामती घोषित भए । विजेता टिमलाई नगद ३० हजारसहित शिल्ड प्रदान गरिनेछ भने उपविजेता टिमलाई नगद २० र तृतीय हुने टिमलाई नगद १० हजारसहित शिल्ड प्रदान गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here