चिप्लेढुङ्गा,
हस्पिटालिटी नेपाल कन्टेस्ट’को चौथो संस्करण पर्यटकीय नगरी पोखरामा आयोजना हुने भएको छ ।
एपी इन्टरटेनमेण्टद्वारा प्रतियोगिताका बारेमा जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा आवेदन खुला गरिएको जानकारी दिइयो छ । आयोजक सस्थाका प्रबन्ध निर्देशक अर्जुन पाण्डेले प्रतियोगिताका लागि यस पटक अझै बढी अवसर सिर्जना गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो “हामीले तीन संस्करणलाई उत्कृष्ट ढङ्गबाट सम्पन्न गरिसकेका छौँ र, यो संस्करण अझै बढी परिस्कृत हुने दाबी गर्दछौँ ।” यस वर्षको प्रतियोगिता भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने गरी हुने कार्यक्रम संयोजक सङ्गम रेग्मीले बताउनुभयो ।
पोखराबाहेक काठमाडाँै, बुटवल र चितवनमा पनि आयोजकले ‘कलेज क्याम्पेन’ गरेर प्रतियोगीहरु ल्याउने तयारी गरेको छ । विभिन्न चरणको कार्यक्रम पछि अन्तीमचरणमा देशभरबाट ३० प्रतियोगी छनोट गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा हस्पिटालिटी क्षेत्रका विज्ञहरुले सहभागीलाई प्रशिक्षण दिनेछन् ।
प्रशिक्षण हस्पिटालिटी क्षेत्रसँगै सम्बन्धित हुनेछ । प्रतियोगितामा प्रथम हुनेले थाइल्याण्ड अथवा दुबईको भ्रमण प्याकेज प्राप्त गर्नेछन् । योसँगै नगद पुरस्कार र अन्य विभिन्न अवसर प्रदान गरिने जनाइएको छ ।
आयोजकले प्रतियोगीलाई पर्यटनसम्बन्धी थप जानकारी दिनका लागि पर्यटकीय गन्तव्यहरुको भ्रमण पनि गराउने बताएको छ ।































