भगवतीका विद्यार्थीलाई सुईटर

0
914

झिलझिले ।

यहाँको भगवति माध्यमिक विद्यालयका अति विपन्न वर्गका छात्र छात्रालाई शिवसताक्षीका तिन दाताले जाडो लगाउने स्वीटर प्रदान गरेका छन ।

अभिभावकको आम्दानी श्रोत नभएका छात्र छात्रलाई शिवसताक्षीका गणेश खरेल, शेरवहादुर तामाङ्ग र कुलप्रसाद राजवंशीले ६५ थान स्वीटर प्रदान गरेको विद्यालयका शिक्षक लोकमणी गौतमले जानकारी दिए । खरेलले ५०,तामाङ्गले १० र राजवंशीले ५ थान उपलव्ध गराएको सुइटर शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल र दाताले संयुक्त रुपमा प्रदान गरेका थिए ।

आदिवासी जनजाती समुदायका विद्यार्थीको वाहुल्यता रहेको सो विद्यालयमा दाताले दिएको सुईटर पाउदा विद्यार्थी दंग परे । विद्यालयका अनुसार, सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको आर्थिक अवस्था कमजोर भएकैले वढ्दो चिसोवाट विद्यार्थीलाई वच्नका लागि दाताले दिएको सुईटरले ड्रप आउट हुन सक्ने सम्भावना घटेको छ ।

सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी लत्ता कपडा लगायतका कारणले विद्यालयबाट ड्रप आउट हुने गरेका छन । दुधे बजार विकास समितिका अध्यक्ष समेत रहेका खरेलले वर्षेनी विपन्न समुदायका वालवालिकालाई फरक फरक ढंगले सहयोग पुर्याउदै आएका छन ।

सामुदायीक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी लत्ताकपडा लगायतका कारणले विद्यालयबाट ड्रप आउट हुने गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here