दुहागढीमा निःशुल्क आँखा शिविर सम्पन्न

0
630

दुहागढी ।

एकदिने नि:शुल्क आँखा शिविर झापाको दुहागढीमा आइतवार सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाईटी दुहागढी उपशाखाको आयोजना तथा मेची आखा अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ८४ जनाले आखा जाँच गराएका थिए ।

आखा जाँच गराउने मध्ये १४ जनामा मोतियाविन्दु फेला परेको हुँदा निशुल्क शल्लेक्रियाका लागी मेची आखा अस्पताल पठाईएको उपशाखाकी सचिव कृष्ण कुमारी सुवेदीले बताएकी छिन् ।

शिविरमा ११ हजार मुल्य वरावरको निशुल्क औषधी वितरण गरिनुका साथै ५३ जनालाई शुलभ दरमा चस्मा समेत उपलब्ध गराईएको थियो ।

शिविरको एक समारोहका विच मेचीनगर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शंकर प्रसाद पोखरेल र नेपाल रेडक्रस सोसाईटी झापा शाखाका उपमन्त्री विश्व थापाले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उपशाखाका सभापति गोपीराज मैनालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर परिसद सदस्य लाल मोहम्मद मिया, कार्यपालिका सदस्य विन्दा प्रसाई लगायतको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here