सदस्यको मृत्युपछि ऋण मिनाह गर्दै सहारा

0
977

राजगढ।

सहारा नेपाल सहकारी संस्था लिमिटेड बिर्ताडोले आफ्ना सदस्यको मृत्युपछि ऋण मिनाह गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

राजगढ निवासी एक सदस्यको मृत्यु पछि परिवारलाई कर्जा सुरक्षण विमा अन्तरगत सबै ऋण मिनाह गरेको छ । सहकारीको समूह नम्वर १५६ मा आवद्ध रहेकी कमलादेवी गणेशको मृत्यु पछि सहकारीले सबै ऋण मिनाह गर्दै ६५ हजार रुपैयाँ उनको परिवारलाई प्रदान गरेको छ । सो रकम उनका श्रीमान जनकलाल गणेशलाई प्रदान गरिएको थियो ।

सहकारीको राजगढमा भएको स्थानीय साधारण सभाका अवसरमा उत्कृष्ठ वचत कर्ता र ऋणीलाई समेत सम्मान गरिएको थियो । उत्कृष्ठ वचतकर्तामा हरिमाया वोहोरा र उत्कृष्ठ ऋणीमा हेमप्रसाद तिम्सिनालाई सम्मान गरिएको थियो । सभाबाट ८ पुरुष र ४ महिला छनौट समेत भएका छन् ।

वाह्रदशी ३ स्थित राजगढ सामुदायिक अध्ययन केन्द्रको सभाहलमा भएको कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति झापाका सदस्य महिषलाल राजवंशीले गरेका थिए भने कार्यक्रममा सञ्चालक समिति सदस्य शुक्रवहादुर तामाङले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आर्थिक प्रतिवेदन सहायक निर्देशक दिनेश वहादुर निरौलाले प्रस्तुत गरेका थिए । सहकारीका राजगढ सेवा केन्द्र उपाध्यक्ष लोचनकुमार गुरागाईले स्वागत गरेको कार्यक्रममा सेवा केन्द्रको प्रगति प्रतिवेदन एकदेव कट्टेलले प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here