होटल व्यवसायी महासङ्घको अध्यक्षमा शाह

0
693

सुर्खेत,

सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनले हीराध्वज शाहीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

बुटवलका होटल व्यवसायी शाहको नेतृत्वमा ७३ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो । निर्वाचन समितिका अनुसार समितिको वरिष्ठ उपाध्यक्षमा दिनेशकुमार चुके, प्रथम उपाध्यक्ष ९पर्यटनतर्फ० जनकबहादुर शाही, द्धितीय उपाध्यक्ष ९सङ्गठनतर्फ० केपी शर्मा, उपाध्यक्ष ९महिलातर्फ० मीनादेवी गौतम, उपाध्यक्ष विश्वराज खनाल, इच्छाबहादुर वाग्ले ९प्रशासनतर्फ० र इमान्द बराल चयन हुनुभएको छ ।

त्यस्तै महासचिवमा वीरमन्जन बटाला, उपमहासचिवमा शेरबहादुर थापा, कोषाध्यक्षमा तिलकबहादुर कार्की, सहकोषाध्यक्षमा मोदनाथ बेल्वासे, सचिवहरुमा दीर्घमान गुरुङ, परमानन्द भण्डारी, चन्द्रलाल न्यौपाने, तुल्सीराम भण्डारी, राजु अधिकारी र गणेशबहादुर खड्का रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष शाहले व्यवसायको हकहितका लागि होटल व्यवसायीको एकता जरुरी रहेको औँल्याउनुभयो । होटल व्यवसायीले दोहोरो कर तिर्नुपर्ने बाध्यता आफूले अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here