उपसम्पादक निरौलासहित १२ जना सम्मानित

0
632

बिर्तामोड ।

झापाको बिर्तामोड ५ स्थित जनमैत्री बचत तथा ऋण सहकारी संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष ज्योतीसिंह दर्लामीको अध्यक्षता तथा झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरको विशेष आतिथ्यमा भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष भगवती पोखरेल आचार्यले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा कनकाई नगरपालिका ८ कि कार्यपालिका सदस्य सुनिता खरेल, त्रीनेत्र बहुउद्धेशिय सहकारी संस्थाका अध्यक्ष केशवकुमार खड्का, जीवन समृद्धि बहुउद्धेशिय सहकारी संस्थाका अध्यक्ष गजेन्द्र पौडेल, सवैको समृद्धि बहुउद्धेशिय सहकारी संस्थाका अध्यक्ष खड्गप्रसाद तिम्सिना, नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानका सचिव जयप्रसाद भट्टराई, सहकारी अभियन्ता दधिराम रिमाल, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा पूर्वाञ्चल दैनिकका उपसम्पादक तुलसीप्रसाद निरौला , संस्थापक शेयर सदस्य तथा पूर्व सञ्चालक इन्दिरा संग्रौला, सञ्चालक सदस्यहरु डा. प्रमिसा श्रेष्ठ, बसन्त इङ्नाम, उत्कृष्ट बचतकर्ता शिवकुमार साह, सत्यनारायण साह, उत्कृष्ट कारोवार गर्ने ज्वाला इम्बुङ, उमेश सेडाई , उत्कृष्ट बृद्धबचतकर्ता डम्वरकुमारी लामिछाने, जयप्रकाश उप्रेती, उत्कृष्ट बालबचतकर्ता भिजन रिजाल र आरोही उप्रेती लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संस्थाका अध्यक्ष ज्योतीसिंह दर्लामीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका शेयर सदस्य एक हजार ९ सय ९८ जना , शेयरपुँजी ८८ लाख २५ हजार ४ सय ४१ रुपैयाँ , निक्षेप संकलन एक करोड २२ लाख ११ हजार ७ सय ३८ रुपैयाँ २० पैसा , ऋण लगानी दुई करोड ८७ लाख ८८ हजार ९ सय ३२ रुपैयाँ , रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समितिकी संयोजक सपना डाँगीले गरेकी थिइन् ।

कार्यक्रमको सञ्चालन संस्थाका सचिव जीवनकुमार खड्का र पूर्व सञ्चालक सदस्य विष्णुप्रसाद उप्रेतीले गरेको संस्थाका व्यवस्थापक मिलन पोख्रेलले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here