शिवसताक्षीमा रिङ्गरोड बनेपछि बसाई गएका फर्कन थाले

0
959

विनोद सापकोटा/ झापा ।

शहरीकरणको रुपमा विकास हुँदै गएको झापाको शिवसताक्षी नगरमा रिङ्गरोड निर्माणले गति लिएपछि बसाई सरि गएका स्थानीय पुन आफ्नै गाँउ फर्कीन थालेका छन ।

यातायात, शिक्षा, खानेपानी, सिचाई, सडक र सुरक्षाको असुविधाले वसाई सरि गएका शिवसताक्षी नगरपालिका वडा नम्बर ३ का विस्थापित पुन गाँउमै फर्कीएका हुन । ‘ वर्षातको समयमा घर भित्र पस्न र निस्कनै मुस्कील पर्ने गरि गाँउ नै डुवानमा परथ्र्यो, बसाई गएर पुन गाँउमै फर्किएका स्थानीय विष्णु भट्टराईले भने, ‘नगरमा रिङ्गरोड बने पछि गाँउको डुवान समस्या टरेको हो ।’ भट्टराई शिवसताक्षीबाट दमक बसाई सरी गएका थिए ।

नगरमा रिङ्गरोड संगै दुवै तर्फ नाला (ड्रेन) निर्माण भएको छ । हालको अस्थाई प्रकृतीको ड्रेनलाई कंक्रिटमा परिणत गरेपछि गाँउको डुवान समस्या समाधान भएको हो । उनले भने, ड्रेन निर्माण भएपछि सिचाँइको पनि गाँउमा सुविधा हुने छ ।’

साविकको धरमपुर हाल शिवसताक्षी नगरको वडा नम्बर १,२ र ३ नम्बर वडाको पश्चिमी क्षेत्र साविकका पाँचगाछी, शिवगञ्ज र सतासीधाम संगको सडक संजालमा जोडिने सम्भावना थिएन ।’ उनले भने, ‘पुर्वपश्चिम राजमार्ग संग पनि नगरको रिङ्गरोड जोडिएपछी यहाँका स्थानीयलाई जिल्लाकै सदरमुकाममा रहेको जस्तो अनुभव हुन थालेको छ ।’ रिङ्गरोडले विकासको सम्भावना पनि वलियो बनाएको उनले बताए ।

भट्टराई त बसाई सरि आउने एक प्रतिनिधी पात्र मात्र हुन । नगरमा दुई वर्ष अघि देखी रिङ्गरोड निर्माण हुनथालेपछि सो क्षेत्रमा ११ परिवार बसाइ गएर पुन फर्कीएको नगरका ३ नम्बर वडा का अध्यक्ष पुन्य सापकोटाल बताए । वर्षामा हुने हिलाम्वे गाँउले कसैलाई पनी सहजता थिएन, अव सडक निर्माण भएपछि पुरानै गाँउ फर्कनुको बिकल्प नभएको बसाईसरी फर्कीएका सन्तोष तामाङ्गले बताए ।

गाँउबाट नगरको रिङ्गरोड निर्माणहुदै गएपछि आफ्नो स्वामित्वमा रहेको जग्गाको विक्री भाउपनि वढेको स्थानीयले बताएका छन । एक कठ्ठा जग्गा रिङ्गरोडले खाएपनि वाँकी रहेको जग्गाको मुल्य दोव्वर भएको स्थानीय भवानी संकर भट्टराईले बताए । ‘रिङ्गरोड निर्माण अघि जग्गाको खरिद विक्री हुदैन थियो, भट्टराईले भने, ‘नगरमा रिङ्गरोड बनेपछि दमक, विर्तामोड लगायतका ठुला सहरका मानिस गाँउमा जग्गाको खरिद विक्री गर्न आउन थालेका छन ।’

शिवसताक्षी नगरको हरेक वस्ती र गाँउ पुर्वपश्चिम राजमार्ग संग जोडिएपछि गाउँमा यातायातको पुरानो समस्या हटेको बताउछन स्थानीय बासिन्दा । भन्छन, ‘यातायातका लागि १ घन्टा पैदल गएर त्यतिनै समय कुर्नुपर्ने समस्या समाधान भएको छ ।’ यतिवेला स्थानीयले चाहेकै समयमा यातायातको सुविधा पाउने गरेको शिवसताक्षी नगरकार्यपलिका सदस्य निर्मला न्यौपानेले बताईन ।

शिवसताक्षी नगरकार्यपालिकाको पहिलो वोर्ड वैठकमै नगर प्रमुख चन्द्रकुमार शेर्माले नगर गौरवको योजना मध्ये रिङ्गरोड निर्माणको पहिलो प्रस्ताव ल्याएका थिए । पञ्चवर्षीय योजना अन्र्तगतको नगरको रिङ्गरोड निर्माणको प्रस्ताव नगरकार्यपालिकाबाट सर्वसम्मत स्वीकृत भएकोे थियो । कतिपय स्थानीयले रिङ्गरोड नगर प्रमुखको महत्वकाँक्षी योजना भन्दै खिल्ली उडाएका थिए ।

नगर प्रमुख शेर्माले नगरका हरेक नागरीकलाई पुर्वपश्चिम राजमार्ग संगको सडक संजालमा जोडयाउन पहिलो कर्तव्य ठानेका थिए । उनले भने, ‘निर्वाचन ताका मैले सर्वसाधरण जनतासंग वोलेको कुरा अक्षरस पुरा गर्नेमा कुनै शन्देह छैन ।’ नगर गौरवका धेरै योजनाहरु नगरमा संचालनमा भएपनि पहिलो निर्णय र नगरकार्यपालिकाको प्राथमिकतामा रहेको नगरको रिङ्गरोड यै पाँच वर्षमै पुरा गर्ने उनले बताएका छन ।

नगरका वासीन्दाहरुलाई सडक सुविधा पुर्याउने उद्धेश्यले रिङ्गरोड निर्माण गर्न थालिएको नगरप्रमुख शेर्माको भनाई छ । सडक नभए विकास सम्भव नहुने भन्दै रिङ्गरोडको अवधारण निर्वाचन अगावै सार्वजनिक गरेका थिए । यै रिङ्गरोडको संकल्प ल्याएकैले शेर्माले फराकिलो मतान्तरमा निर्वाचन जितेका हुन । निर्वाचनताका शेर्माले जारी गरेको घोषणा पत्रमा पनि रिङ्गरोडको अवधारणा थियो । शिवसताक्षीका कतिपय अन्तरपार्टीका नेता कार्यकर्ता पनि शेर्माको कार्यशैलि प्रति सन्तुष्ट छन ।

धरमपुरबाट शुरु भएको रिङ्गरोड जनताबजार हुदै माईधार सम्मको ३९ किलोमिटर दुरीको छ । त्यसमध्ये ९ किलोमिटर एसियन हाईवे हो । नगरको रिङ्गरोडको धरमपुर चर्चावारी १५ सय मिटर सडक कालोपत्रे भईसकेको छ । यस्तै अन्य क्षेत्रमा पनि १ किलोमिटर सडक कालोपत्रे नगरआफैले निर्माण गरेको छ । यस्तै शिवगञ्ज नहरचौक सम्मको ६ किलो मिटर सडक पनि यस अघिनै साविकको जिल्ला विकास समितिले निर्माण गरिसकेको छ ।

अव नगरलाई २२.५ किलो मिटर सडक कालोपत्रे गर्न बाँकी रहेको ईन्जिनियर महेश भण्डारीले बताएका छन । अवका नगरसभा, संघिय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि नगरलाई दिने बजेटले बाँकी रहेको सडक कालोपत्रे गर्ने शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरकार्यपालिकाले चालु आवमा ५० लाख रुपैयाँ खर्चगरेर रिङ्गरोडको अप कालोपत्रे गर्न ठेक्का आब्हान गरेको छ । हाल सम्म नगरले रिङ्गरोडको अपग्रडिङ्गका लागि ६ करोड २४ लाख खर्चेको नगरको आर्थीक प्रशासन साखाले जनाएको छ ।

रिङ्गरोड बाट सिधा शिवसताक्षी नगरकार्यपािलकाको कार्यलयमा जोडिन ट्रङ्करोड समेत निर्माण भईसकेको छ । ट्रङ्करोडका निर्माणका लागि नगरले ४ करोड २० लाख रुपैयाँ खर्चीएको छ । रिङ्गरोडमा पर्ने २४ वटा कलभर्ट र बक्स कलभर्ट निर्माण सम्पन्न भएको नगरका सुचना अधिकारी प्रकाशचन्द्र चौधरीले जानकारी दिए । उनले भने, ‘रिङ्गरोड र ट्रङ्करोडको अपग्रेडिङ्गका लागि नगरले अव रकम खर्चनुनपर्ने भएकाले पञ्चवर्षीय योजना को रिङ्गरोड अवको अढाईवर्षमा निर्माण सम्पन्न हुने छ ।’

नगरमा रिङ्गरोड निमाणपछि सवै क्षेत्रका वासीन्दाहरुलाई सहज रुपमा सडक सुविधा पुग्ने स्थानीयले बताएका छन । रिङ्गरोड निर्माणपछि पर्यटकीय गन्तव्यका रुपमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल सताक्षीधाम, दोमुखा र चिल्लागढ पोखरी सम्म आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि समेत सहज हुने भएको छ । उक्त रिङ्गरोडलाई दुधे — शिवगञ्ज, झिलझिले — माहाभारा र धरमपुर — पाँचगाछीको वैकल्पिक मार्गको रुपमा प्रयोग समेत गर्न सकिने स्थानीयले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here