दाताकै सहयोगमा विद्यार्थीलाई न्यानो कपडा,विद्यालयमै खेल सामग्री पनि

0
1014

झापा।

झापाको अर्जुनधारा – ५ मा रहेको नवज्योति आधारभूत विद्यालयका विद्यार्थीका लागि न्यानो कपडा प्रदान गरिएको छ ।

विपन्न समुदायका वालवालिका अध्ययनरत विद्यार्थीलाई बिर्तामोड निवासी मित्र शिवाकोटी र शारदा शिवाकोटीले ७७ थान स्वीटर प्रदान गरेका छन् । त्यस्तै फिदिम निवासी पृथ्वीमान शाक्यले ७७ थान टोपी प्रदान गरेका छन् ।

त्यस्तै अर्जुनधारा – ६ निवासी मनोरथ पाठक र पुण्यकुमारी पाठकले विद्यालयमा अध्ययनरत वालवालिकाका लागि खेल सामग्री उपलब्ध गराएका छन् । उनीहरुले विद्यार्थीका लागि विद्यालयर्म पीङ र ढिकीच्याउ तयार गरिदिएका छन् ।

विद्यालयमा आयोजित कार्यक्रमकाबीच नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडले उपलब्ध गराएको सामग्री स्थानीय ढकपाल चौधरी र कान्छी दिदी निरौलालाई प्रदान गरिएको छ । उनीहरुलाई समेत न्यानो कपडा, भाडा वर्तन र नगद प्रदान गरिएको थियो ।

विद्यालय स्थापनाका लागि जग्गा उपलब्ध गराउने दाता चन्द्रकला थापाको आतिथ्यमा भएको कार्यक्रमको उद्घाटन अर्जुनधारा नगरपालिका ५ का वडाध्यक्ष ध्यानवहादुर भारतीले गरेका थिए ।

विद्यालयको शैक्षिक अवस्थाको विषयमा प्रधानाध्यापक कमलप्रसाद भण्डारीले प्रकाश पारेको कार्यक्रममा स्वागत शिक्षक चन्द्रकला भण्डारीले गरेकी थिइन् ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्षजीवन कुमार खतिवडा र शिक्षक अभिभावक संघका डिल्ली सापकोटाले विद्यार्थीको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि पहल भइरहेको र स्थापना कालदेखि नै दाताको सहयोगमा विद्यालय सञ्चालनमा रहेको भन्दै दाताप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सञ्चालन व्यवस्थापन समिति सदस्य ओमप्रकाश लुइटेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here