मिनीटिपरले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु

0
402

महोत्तरी ,

महोत्तरी जिल्लाको जलेश्वर–जनकपुर सडकखण्डको चाँदनीचोकमा मिनीटिपरले ठक्कर दिँदा एक साइकलयात्रीको सोमबार साँझ मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पिपरा गाउँपालिका–४ का ५५ वर्षीय रामदिनेश मण्डल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

धनुषाको जनकपुरबाट महोत्तरीको जलेश्वरतिर आउँदै गरेको बा४ख ५७२८ नंको मिनीटिपरले पिपरा गापा–५ को चाँदनीचोकमा साइकलमा यात्रारत मण्डललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

उहाँले मिनीटिपरका चालकलाई नियन्त्रणमा लिइएको र मृतकका शव परीक्षण गर्न गएराति नै जिल्ला अस्पताल जलेश्वरमा पठाइएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here