बिर्तामोड ।
झापा र सुनसरीका विभिन्न स्थानबाट लागुऔषध सहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा मेचीनगर– ७ का २४ बर्षीय खडगबहादुर दर्जी, सोही स्थानका २० बर्षीय दिपेन कार्की लागुऔषध खैरो हिरोयन ब्राउनसुगर सहित पक्राउ परेका हुन् ।
उनीहरुलाई सोमबार साँझ मेचीनगर नगरपालिका–६ स्थित सिमानाका एरियाबाट ६ सय मिलिग्राम ब्राउनसुगर सहित ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
यसैगरी सुनसरीको धरान स्थित तिनकुनेबाट धरान–८ बस्ने ५१ बर्षीय राजु बुढाथोकी लागुऔषध सहित पक्राउ परेका छन।
ईटहरीबाट धरानतर्फ ट्याम्पुमा सवारगरी आईरहेका बुढाथोकीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट ९४ एम्पुल लुपिजैसिक, फेरागन जस्ता लागुऔषध फेलापारी बरामद गरेको हो।































