प्रसनि कटुवालको स्मृतिमा जिल्लास्तरीय फुटबल हुने

0
617

अर्जुनधारा ।

तत्कालिन नेकपा माओवादीको सशस्त्र द्धन्दमा ज्यान गुमाएका अर्जुनधारा–८ निवासी प्रहरी सहायक निरीक्षक धुव्रबहादुर कटुवालको स्मृतिमा जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

शनिश्चरे फुटबल क्लबको आयोजनामा आगामी माघको पहिलो साता हुने उक्त प्रतियोगिताको तयारी सुरु गरिएको क्लबद्वारा मंगलबार आयोजित पत्रकार भेटघाटमा बताइएको छ ।

स्थानीय शनिश्चरे माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा आयोजक क्लबसहित काँकडभिट्टा, चन्द्रगढी, दमक, बिर्तामोडलगायत स्थानका आठ वटा क्लबको सहभागिता रहने क्लबका सल्लाहकार एवम् आर्थिक उपसमितिका संयोजक टेकराज तिलिङले बताए ।

प्रतियोगिताका विजेता र उपविजेताले नगद पुरस्कार क्रमश ५० हजार र ३० हजार प्राप्त गर्ने सल्लाहकार तिलिङले बताए । विजेताको नगद पुरस्कार कटुवाल परिवारबाट प्राप्त हुने बताइएको छ ।

त्यसैगरि प्रत्येक खेलको म्यान अफ दी म्याच नगद दुई हजार र विधागत उत्कृष्ट खेलाडीहरुले जनही पाँच हजार प्राप्त गर्ने प्रतियोगिताका संयोजक सुमन राईले बताए । अनुमानित पाँच लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिता सम्पन्न गर्न सम्बन्धित निकाय, विभिन्न संघ–संस्थाहरु र दाताहरुसँग समन्वय गर्ने बताइएको छ ।

क्लबका अध्यक्ष दिलीप गिरी “सुमन”को अध्यक्षतामा आयोजित कार्यक्रममा नानी लिम्बू, बिमल सुब्बा, विवेक कटुवाल, हरि गुरुङलगायतले प्रतियोगिताको विषयमा जानकारी गराएका थिए । प्रसनि कटुवालको २०६१ सालमा सोलुखम्बुमा भएको भीडन्तमा ज्यान गुमेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here