नेकपा अध्यक्ष चिन्तन पाठकलाई पितृशोक

0
543

बिर्तामोड ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका अध्यक्ष चिन्तन पाठकलाई पितृशोक परेको छ ।

उनका बुबा देवीप्रसाद पाठकको शुक्रवार ९३ वर्षको उमेरमा निजी निवास बुद्धशान्ति–२ बुधबारेमा निधन भएको हो । स्व.पाठक सरस्वती प्रावि बुद्धशान्ति–२ का संस्थापक हुनुका साथै विभिन्न संघ संस्थामा आवद्ध रहेका थिए ।

स्व.पाठकका श्रीमती लक्ष्मीदेवी पाठक , छ जना छोरा बुहारीहरु नन्दलाल – तारा , डिल्लीराम –गौरा,कमला , कवि–शान्ता ,चिन्तन – कमला , टिका –विन्दा र भिष्म –भिमा पाठक रहेका छन् । त्यस्तै दुई छोरी ज्वाईंहरु गोमा–गंगा कँडेल र सिता – डिल्लीराम विमली रहेका छन् । उनका १० नाती , ६ नातीनी बुहारी , ११ नातीनी ८ नातीनी ज्वाईं , १२ पनाती,६ पनातीनी रहेका छन् ।

स्व.पाठकका छोराहरुमध्ये चिन्तन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाका अध्यक्ष , टिका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष , कवि नेपाल विमा संस्थानका सिइओ हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here