
मन्जुकिरण – विराटनगर (हाल– जापान)
ठड्याएर महल मलाई पाली बनायौ
घरको न घाटको कठै जाली बनायौ ।
अलंकारले सजिएर हिड्छौ सधै सड़कमा
मलाई भने त्यै सड़कको नाली बनायौ ।
मेरै गाऊँको गल्ली अनि खेतका गरामा
मलाई नै टेकी हिड्ने आली बनायौ ।
धन दौलत सम्पति के नै पो हो भन्थेउ
बर्षौ वर्ष मलाई नगदे बाली बनायौ ।
पुगीसरी भयो तिमीलाई मैंमत्ता भयौ तिमी
पूर्णरूपमा रित्त्याएर मलाई खाली बनायौ ।



























