कानून उल्लङ्घन गर्नेलाई क्षमा दिनुहुँदैन– अन्सारी

0
408

नेपालगञ्ज, 

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले सेवा दिने र लिने दुवैको अधिकार सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

आइतबार नेपालगञ्जमा भएको ‘व्यापार र मानवअधिकार’ विषयक छलफल कार्यक्रममा उहाँले कानूनको उल्लङ्घन गर्नेलाई राज्यले क्षमा दिनु हुँदैन भन्नुभयो । मानवअधिकार सबैका लागि बराबर हुन्छ भन्दै सदस्य अन्सारीले कसैलाई काखा र कसैलाई पाखा गर्ने प्रवृत्ति नै मानवअधिकारको ठूलो शत्रुका रूपमा रहेको बताउनुभयो ।

त्यस अवसरमा आयोगका नेपालगञ्ज प्रमुख चन्द्रकान्त चापागाईँ, नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर, प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्कालगायतले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा विभिन्न पेशा, व्यवसायका सञ्चालक, रोजगारदाता र समृद्ध सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here