बालज्योतीका ४० विद्यार्थीलाई न्यानो टोपी

0
1122

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९स्थित बालज्योती प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमकोबिच न्यानो टोपी वितरण गरिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धीमान लिम्बूको अध्यक्षतामा आयोजित कार्यक्रममा ४० जना विद्यार्थीलाई वितरण गरिएको उक्त न्यानो टोपी अध्यक्ष लिम्बूले सहयोग गरेका थिए ।

कार्यक्रममा अर्जुनधारा प्रेस क्लबका कोषाध्यक्ष अमित खम्बू, समितिका सदस्य सुरेन्द्र गिरी, विद्यालयकी शिक्षक निर्मला पौड्याललगायतले उनीहरुलाई टोपी लगाइदिएको थियो ।

विद्यालयका प्रधानाध्यापक गंगाराम अधिकारीले अध्यक्ष लिम्बूको उक्त कार्यको लागि धन्यवाद ज्ञापन गरेको कार्यक्रममा कार्यक्रमको सञ्चालन समितिका सदस्य रमेश भट्टराईले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here