उद्यमतर्फ सूर्याेदय सहकारी

0
759

बिर्तामोड।

सूर्याेदय दूग्ध उत्पादन सहकारी संस्था लिमिटेड बिर्तामोडले कृषि, महिला उद्यम र साना लघु उद्योग तथा युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संस्थाले हाल रसायनिक मलखाद, किटनाशक औषधिको अत्यधिक प्रयोग भएका कारण कृषिजन्य वस्तुको सेवनबाट मानव स्वास्थ्यमा पर्न गएको नकारात्मक असरलाई नियन्त्रण गर्न सहयोग पु¥याउने उद्देश्यले अग्र्यानिक कृषि, दूग्धजन्य उत्पादनमा वृद्धि, महिलाद्वारा सञ्चालित उद्योग र साना लघु उद्योगलाई प्रोत्साहन गर्दै जाने बताइएको छ । त्यस्तै युवा जनशक्तिलाई स्वदेश मै रोजगारीको अवसर सृजना गर्न स्थानीय निकाय, सरोकारवाला र अन्य सहकारी संस्थाहरुसँग समेत समन्वय गर्दै जाने सहकारीको १६औं वार्षिक साधारणसभामा जानकारी दिइयो ।

जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सहकारीको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष खगेन्द्र ढुङ्गानाले सहकारीले स्वरोजगारका कार्यक्रम समेत सञ्चालन गर्ने बताए । उनले सहकारीको २०७४÷०७५मा एक करोड ४१ लाख शेयर पूँजी रहेको र २०७५÷०७६ मा शेयर तीन करोड शेयर पूँजी पु¥याउने लक्ष्य लिए पनि शेयर पूँजी भन्दा निक्षेप वृद्धि गरेको बताए । उनले सहकारीले शेयर पूँजी २ करोड ११ लाख १७ हजार पाँच सय पु¥याएको र आर्थिक वर्ष २०७६÷०७७मा दुई करोड ५० लाख शेयर पूँजी पु¥याउने जनाए ।

संस्थाका उपाध्यक्ष बद्री भट्टराईले स्थागत गरेको कार्यक्रममा बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, बिर्तामोड वडा नम्वर ४का अध्यक्ष कुलप्रसाद संग्रौला, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, एक्सल डेभलपमेन्ट लिमिटेडका अधिकृत सुमन लामिछाने, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका शाखा प्रबन्धक टीका रिजाल, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव होमबहादुर कार्कीले गरेका थिए ।

सोही कार्यक्रममा ज्येष्ठ सदस्य छविरमण शर्मा, उत्कृष्ट बाल बचतकर्ता आइश्ना सापकोटा, स्वास्थ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रवाह गरेको भन्दै डा. शरद भट्टराई, महिला उद्यमी मनिता चेम्जोङ, वचतकर्ता पूर्णिमा चौधरी, र उत्कृष्ट ऋणी रेवतीरमण गड्तौलालाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here