बैशाबाडीका ज्येष्ठ नागरिक संगठित

0
930

बिर्तामोड,

झापाको अर्जुनधारा ५ बैशावाडीका ज्येष्ठ नागरिकहरु संगठित भएका छन् ।  अर्जुनधारा ५ बैशावाडीस्थित नवज्योती प्राविमा भएको ज्येष्ठ नागरिकहरुको भेलाले जीवनकुमार खतिवडाको अध्यक्षतामा ज्येष्ठ नागरिक पुरानो चौतारी गठन गरिएको छ ।

नवगठित समितिको उपाध्यक्ष उमाकान्त ढुंगेल, सचिव कुलप्रसाद भट्टराई, कोषाध्यक्ष विष्णुकला थापा रहेका छन् ।
त्यस्तै सदस्यहरुमा माधवप्रसाद भट्टराई , देवीनाथ खतिवडा , राधा राजवंशी , सरस्वती खतिवडा र हेमराज सापकोटा रहेका छन् ।

सोही भेलाले जयप्रसाद चम्लागाईं ,लक्ष्मीप्रसाद खनाल , रुद्रप्रसाद चापागाईं रहेको सल्लाहकार समिति गठन गरेको छ ।
ज्येष्ठ नागरिक रघुनाथ दाहालको अध्यक्षता तथा अर्जुनधारा ५ का वडाध्यक्ष ध्यानबहादुर भारतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा ओमप्रकाश लुईंटेलले स्वागत र संस्थापक अध्यक्ष जीवनकुमार खतिवडाले औचित्यमाथी प्रकाश पारेका थिए ।

कार्यक्रममा पूर्वाञ्चल दैनिकका व्यवस्थापक चन्द्रकान्त ढकाल , नवज्योती प्राविका प्रधानाध्यापक कमलप्रसाद भण्डारी , जग्गादाता चन्द्रमाया थापा , माधवप्रसाद भट्टराई , हेमराज सापकोटा , विष्णुकला थापा, जयप्रसाद चम्लागाईलगायतले शुभकामना दिएका थिए ।

सोही कार्यक्रममा संघीय लिम्वुवान मञ्च नेपालका अध्यक्ष धनबहादुर पन्धाकले ६५ जना ज्येष्ठ नागरिकहरुलाई टोपी ,भागवत गीताको पुस्तक र मिठाई वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन गोपाल चम्लागाईंले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here